देउवाको आँडमा नीतिगत भ्रष्टाचारमा आरजू, ३० अर्बको ठेक्कामा १ अर्बको कमिसन
काठमाडौं, २१ पुस । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजू राणाले शक्तिको आडमा विभिन्न चलखेलमा लागेकी छन् । चुनावमा कैलालीबाट पराजित भएकी आरजूले शक्तिको आँडमा विभिन्न निकायमा नीतिगत भ्रष्टाचार गरेकी हुन् । उनले भौतिक योजना तथा यातायात मन्त्रालयमा आफ्ना मान्छे राखेर नीतिगत भ्रष्टाचार गरेकी पाईएको हो ।
विशेषगरी सडक निर्माणका क्रममा ठेक्का पट्टा आफ्ना मान्छेलाई पारेर करोडौँ कमिसन खाने खेलमा आरजू लागेकी आरजू निकट स्रोतले बतायो । मन्त्रालयका सचिव देवेन्द्र कार्कीले हरेक हप्ता कमिसनको भाग आरजुलाई दिने गरेको पाईएको हो । त्यसैगरी सडक विभागका महानिर्देशक गोपालप्रसाद सिग्देल समेत भ्रष्टाचारमा संलग्नता हुने गरेको छ ।
सडक विभागको उपमहानिर्देशक समेत नभई आरजु देउवालाई १० करोड अग्रिम बुझाएर सिग्देल महानिर्देशक भएको उनका समकक्षीहरू नै भन्ने गर्दछन् । आरजुको आडमा सचिव र महानिर्देशले सार्वजनिक लेखाको दफा नै परिवर्तन गरी भ्रष्टाचार गरेको बताइएको छ । पछिल्लो समय अर्बौ रुपैयाँभन्दा बढि भ्रष्टाचार हुने गरेको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गर्ने तयारी गरेको छ ।
भौतिक योजना तथा यातायात मन्त्रालयमा पछिल्लो समय आरजुकै मान्छे रमेश लेखक र वीरबहादुर बलायरलाई पालैपालो पठाइएको थियो । काम सुरु हुनुअघि नै अग्रिम कमिसन लिने र आरजुलाई भाग लगाएर दिने गरिएको स्रोतको दाबी छ ।
मन्त्रालयका सचिव र विभागका प्रमुखले आरजु र शेरबहादुरको आडमा कर्मचारीलाई समेत आफ्नो प्रभावमा पर्ने गरेका छन् । कमजोर सडक बनाएर भ्रष्टाचारलाई प्रश्रय दिने गरिए पनि नियमन र अनुगमन नहुँदा भ्रष्ट प्रवृत्ति मौलाएको भन्दै कतिपयले चिन्ता व्यक्ति गर्न थालेका छन् ।
स्रोतका अनुसार आरजुले मध्यपहाडी लोकमार्ग पश्चिम खण्डको १२ अर्ब रुपैयाँको ठेक्का पनि सेटिङमा ६ वटा ठूला निर्माण ब्यवसायीलाई दिएर देशलाई २ अर्बभन्दा बढी नोक्सान पुर्याएकी छन् । मध्यपहाडी आयोजना प्रमुख सूर्य भाट र प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाको योजनामा ६ वटा ठूला ठेकेदारलाई मात्र दिनेगरी टेण्डर गरिएको थियो ।
सार्वजनिक खरिद नियमावलीका केही दफाहरू संशोधन गरी जसरी आरजुले ३० अर्बको धरान–चतरा–हेटौंडा सडक आयोजना ६ वटा ठेकेदारलाई मात्र दिएकी थिइन्, मध्यपहाडीमा पनि यही प्रक्रिया अपनाएर राष्ट्रलाई अरबौं घाटा पारिएको छ ।
कालिका कन्ष्ट्रक्सन, लामा कन्ष्ट्रक्सन, स्वच्छन्द निर्माण सेवा, शर्मा एण्ड कम्पनी, तुदी कन्ष्ट्रक्सनलगायतका निर्माण ब्यवसायीलाई मात्र ठेक्का दिइएको छ । यदि स्वस्थ प्रतिस्पर्धा हुँदा १२ अर्बको ठेक्कामा १० अर्ब वा ८ अर्बमा काम गर्नेगरी निर्माण ब्यवसायीहरूले प्रस्ताव हाल्ने थिए । तर पहिले नै सेटिङ गरी ठेक्का दिएर देशलाई धरान–चतराको ३० अर्ब ठेक्कामा १ अर्ब आरजुले नै अग्रिम लिएको जनाईएको छ ।
कामचलाउँ अवस्थामा पुगेको सरकारको प्रधानमन्त्री शेरबहादुर देउवाको आँडमा आरजूले विभिन्न चलखेललाई तीब्रता दिईरहेकी हुन् । उनले आफुले र आफ्ना नजिकका मान्छेहरुले हात पार्न सक्ने सबै आयोजनामाथि आँखा लगाईरहेकी छन् । भने विभिन्न निकायमा समेत आफ्ना र भोली आफुलाई काम लाग्ने मान्छेहरुको नियुक्ति, सरुवा, बढुवामा व्यस्त रहेकी छिन् ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












