देउवाको आँडमा नीतिगत भ्रष्टाचारमा आरजू, ३० अर्बको ठेक्कामा १ अर्बको कमिसन
काठमाडौं, २१ पुस । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजू राणाले शक्तिको आडमा विभिन्न चलखेलमा लागेकी छन् । चुनावमा कैलालीबाट पराजित भएकी आरजूले शक्तिको आँडमा विभिन्न निकायमा नीतिगत भ्रष्टाचार गरेकी हुन् । उनले भौतिक योजना तथा यातायात मन्त्रालयमा आफ्ना मान्छे राखेर नीतिगत भ्रष्टाचार गरेकी पाईएको हो ।
विशेषगरी सडक निर्माणका क्रममा ठेक्का पट्टा आफ्ना मान्छेलाई पारेर करोडौँ कमिसन खाने खेलमा आरजू लागेकी आरजू निकट स्रोतले बतायो । मन्त्रालयका सचिव देवेन्द्र कार्कीले हरेक हप्ता कमिसनको भाग आरजुलाई दिने गरेको पाईएको हो । त्यसैगरी सडक विभागका महानिर्देशक गोपालप्रसाद सिग्देल समेत भ्रष्टाचारमा संलग्नता हुने गरेको छ ।
सडक विभागको उपमहानिर्देशक समेत नभई आरजु देउवालाई १० करोड अग्रिम बुझाएर सिग्देल महानिर्देशक भएको उनका समकक्षीहरू नै भन्ने गर्दछन् । आरजुको आडमा सचिव र महानिर्देशले सार्वजनिक लेखाको दफा नै परिवर्तन गरी भ्रष्टाचार गरेको बताइएको छ । पछिल्लो समय अर्बौ रुपैयाँभन्दा बढि भ्रष्टाचार हुने गरेको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गर्ने तयारी गरेको छ ।
भौतिक योजना तथा यातायात मन्त्रालयमा पछिल्लो समय आरजुकै मान्छे रमेश लेखक र वीरबहादुर बलायरलाई पालैपालो पठाइएको थियो । काम सुरु हुनुअघि नै अग्रिम कमिसन लिने र आरजुलाई भाग लगाएर दिने गरिएको स्रोतको दाबी छ ।
मन्त्रालयका सचिव र विभागका प्रमुखले आरजु र शेरबहादुरको आडमा कर्मचारीलाई समेत आफ्नो प्रभावमा पर्ने गरेका छन् । कमजोर सडक बनाएर भ्रष्टाचारलाई प्रश्रय दिने गरिए पनि नियमन र अनुगमन नहुँदा भ्रष्ट प्रवृत्ति मौलाएको भन्दै कतिपयले चिन्ता व्यक्ति गर्न थालेका छन् ।
स्रोतका अनुसार आरजुले मध्यपहाडी लोकमार्ग पश्चिम खण्डको १२ अर्ब रुपैयाँको ठेक्का पनि सेटिङमा ६ वटा ठूला निर्माण ब्यवसायीलाई दिएर देशलाई २ अर्बभन्दा बढी नोक्सान पुर्याएकी छन् । मध्यपहाडी आयोजना प्रमुख सूर्य भाट र प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाको योजनामा ६ वटा ठूला ठेकेदारलाई मात्र दिनेगरी टेण्डर गरिएको थियो ।
सार्वजनिक खरिद नियमावलीका केही दफाहरू संशोधन गरी जसरी आरजुले ३० अर्बको धरान–चतरा–हेटौंडा सडक आयोजना ६ वटा ठेकेदारलाई मात्र दिएकी थिइन्, मध्यपहाडीमा पनि यही प्रक्रिया अपनाएर राष्ट्रलाई अरबौं घाटा पारिएको छ ।
कालिका कन्ष्ट्रक्सन, लामा कन्ष्ट्रक्सन, स्वच्छन्द निर्माण सेवा, शर्मा एण्ड कम्पनी, तुदी कन्ष्ट्रक्सनलगायतका निर्माण ब्यवसायीलाई मात्र ठेक्का दिइएको छ । यदि स्वस्थ प्रतिस्पर्धा हुँदा १२ अर्बको ठेक्कामा १० अर्ब वा ८ अर्बमा काम गर्नेगरी निर्माण ब्यवसायीहरूले प्रस्ताव हाल्ने थिए । तर पहिले नै सेटिङ गरी ठेक्का दिएर देशलाई धरान–चतराको ३० अर्ब ठेक्कामा १ अर्ब आरजुले नै अग्रिम लिएको जनाईएको छ ।
कामचलाउँ अवस्थामा पुगेको सरकारको प्रधानमन्त्री शेरबहादुर देउवाको आँडमा आरजूले विभिन्न चलखेललाई तीब्रता दिईरहेकी हुन् । उनले आफुले र आफ्ना नजिकका मान्छेहरुले हात पार्न सक्ने सबै आयोजनामाथि आँखा लगाईरहेकी छन् । भने विभिन्न निकायमा समेत आफ्ना र भोली आफुलाई काम लाग्ने मान्छेहरुको नियुक्ति, सरुवा, बढुवामा व्यस्त रहेकी छिन् ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...












