देउवालाई एक वर्षभित्रै सभापतिबाट हटाउने गगन थापाको तयारी
काठमाडौं, २१ पुस । नेपाली कांग्रेसभित्र अहिले नेतृत्व परिवर्तनको बहस चलिरहेको छ । निर्वाचनमा भएको कांग्रेसको पराजयपछि उक्त बहसले उग्र रुप नै लिएको छ । युवा नेताहरुले जसरी भएपनि पार्टी सभापति शेरबहादुर देउवालाई हटाउने मनसाय बनाएका छन् ।
यो निर्वाचनमा पार्टीले नराम्रो पराजय व्यहोर्नुको प्रमुख कारण नै नेतृत्वको अक्षमता र अदुरदर्शीता कारण देखाउँदै युवा नेताहरुले गुट भेला आह्वान गरिरहेका छन् । देउवालाई सार्वजनिक रुपमै हटाउनुपर्ने अभिव्यक्ति दिएर चर्चामा आएका युवा नेता गगनकुमार थापाले अबको नेतृत्व आफूले नै लिने समेत बताउँदै आएका छन् ।
त्यसको लागि कांग्रेसमा “अर्ली महाधिवेशन” बोलाउने पक्षमा युवा पुस्ताका नेताहरु सक्रिय भएर लागेका छन् । त्यसको नेतृत्व थापाले गरेका छन् । पहिले केन्द्रिय कार्यसमिति बैठक बोलाउनुपर्ने र चुनावको गम्भिर समिक्षा गर्नुपर्ने उनीहरुको जोड छ । त्यस्तै महासमिति बैठक बोलाउने र महाधिवेशन बोलाउने अनि देउवालाई हटाउने युवा नेताहरुको तयारी रहेको नेताहरुले बताएका छन् ।
नेता धनराज गुरुङका अनुसार पार्टीमा अब तीन वटा विकल्प रहेको छ । पहिलो कन्द्रिय समिति बोलाएर हारको समिक्षा गर्ने, अनि दोस्रो महासमिति बोलाउने र तेस्रोमा अर्ली महाधिवेशन बोलाएर नेतृत्व परिवर्तन गर्ने । त्यस्तै उनले गगनले अबको पार्टीको नेतृत्व आफूले लिने पनि उद्धघोष गरिसकेको जानकारी दिए ।
थापाले युवा नेताहरुको एक गोप्य भेलामा भनेका छन्,“एक वर्षभित्र देउवा हट्छन्, म नै सभापति बन्छु, अरुले कांग्रेस हाँक्न सक्दैनन् । साथीहरुले यो मौका नगुमाऔं, अब कांग्रेस बनाउने मौका आएको छ ।” युवा नेताहरुको यो जनमतलाई पार्टीका केही शीर्ष नेताहरुले पनि साथ दिएको जनाईएको छ । तर सभापति देउवाले भने हारको जिम्मेवारी आफुले मात्र लिएर नहुने बताउँदै आएका छन् । निर्वाचनमा आफु पराजित हुने अनि दोष जति आफुलाई लगाउने भन्दै जो पराजित भएको उनीहरुले नै समिक्षा गर्नुपर्नेमा जोड दिएका छन् ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












