कृषि विकास बैंक ठगी काण्डमा सेनाका जर्नेल फसाउने यी युवतीसँग १७० तोला सुन
काठमाडौं, २२ पुस । कृषि विकास बैंकको करिब ५ करोड हिनामिना आरोपमा पक्राउ परेकी सोही बैंककी कर्मचारी दिपीका रेग्मीसँग एक सय ७० ग्राम सुनका गहना भेटिएको छ । ठगीकै पैसाबाट उनले ठुलो मात्रामा गहना खरिद गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
कृषि विकास बैंकले लकरबाट गहना भेटिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) का प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले बताए । उक्त गहना सिआईबीले रोक्का गरेको छ । लकरमा विभिन्न किसिमका करिब २ किलो सुनका गहना भेटिएको एसपी श्रेष्ठले बताए । जसको मूल्य करिब ८० लाख रुपैयाँ हुन्छ ।
कृषि विकास बैंकको न्यूरोड शाखामा काम गर्ने दिपिकालाई सिआईबीले मंसिर १४ गते पक्राउ गरेको थियो । बैंककी सहायक टेलरका रुपमा काम गर्ने रेग्मीले अन्तर शाखा कारोबार हिसाब क्लियरीङ देखाएर बैंकमा हिनामिना गर्दै आएकी छिन्। जून घटनामा बैंकका अन्य कर्मचारीहरुलाई समेत प्रहरीले पक्राउ गरेको छ।
करिब १ वर्षको अवधिमा बैंकबाट त्यसरी ४ करोड ९१ लाख रुपैयाँ मिहामिना भएको सिआईबीका एसपी श्रेष्ठले बताए । त्यसरी ठगी गरेको पैसा उनले बिदेश घुमेर तथा गहना किनेर सिध्याएको अनुसन्धानमा खुलेको छ । प्रहरीले उनलाई गहना बेच्ने बालाजुमा सुन पसल चलाउने प्रकाश घतानीलाई पनि पक्राउ गरिसकेको छ।
बैंकका शाखा प्रबन्धक प्रेमहरी ढुङगेल, इलेक्ट्रोनिक्स चेक क्लियरीङ शाखाका प्रमुख गोपाल गिरी, कर्जा शाखा प्रमुख महेश्वर मरहठ्ठा र पियन रमेश थापालाई पक्राउ गरिसकेको छ। त्यस्तै बैंकका पूर्व कर्मचारी सलिल रेग्मी पनि पक्राउ परिससकेका छन्। उक्त घोटालमा संलग्न सबैजसो व्यक्तिहरु पक्राउ परिसकेको सिआईबीले जनाएको छ। हिनामिनामा दिपिकालाई सहयोग गरेको देखिएपछि बैंकका अन्य कर्मचारी पनि पक्राउ परेका हुन्।
उक्त घोटाला प्रकरणमा नेपाली सेनाका सहयाक रथी डा. रमेश बिष्टमाथि पनि छानबिन भइरहेको छ। सेनाले आन्तरीक रुपमा उनीमाथि छानबिन गरिरहेको छ। दिपिकाले ठगी गरेकोमध्ये करिब ३३ लाख रुपैयाँ डा. बिष्टको खातामा जम्मा गरेको खुलेपछि उनी अनुसन्धानमा तानिएका हुन्।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











