नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनै लाग्दा भारतीय राजदूतको चुरीफुरी बढ्यो, के होला रहस्य ?
काठमाडौं, २३ पुस । नेपाल नयाँ नयाँ परिवर्तनको बेला भारतको चुरीफुरी धेरै नै हुनेगरेको पाईन्छ । नेपालमा गणतन्त्र ल्याउने समय होस् वा नयाा नयाँ सरकार गठन र भत्काउने खेल होस् यसमा भारतको हात रहनेगरेको नेपाल भारत विज्ञहरुको दाबी रहँदै आएको छ । यसैविच पछिल्लो समय नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनै लाग्दा भारतको नजर अत्यन्तै बढेको छ ।
नेपाली राजनीतिमा प्रत्यक्ष रुपमा हस्तक्षेप गर्दै आईरहेको भारतले नयाँ सरकार गठनको तयारीका बेला नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरीलाई सक्रिय बनाएको छ । यतिबेला उनको अस्वाभाविक दौडदूध सुरु भएको छ । वाम गठबन्धन भत्काउने उद्देश्यले देशी तथा विदेशी शक्तिबाट चलखेल भइरहेको वाम गठबन्धनका नेताहरुले नै बताईरहेका बेला पुरीको दौडधूपले थप आशंका बढाएको हो ।
प्रमुख दलका शीर्ष नेतालाई भेटेर पुरी दिल्लीः
पुरीले पुस ५ गते दिल्ली उड्नुअघि एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छुटाछुट्टै भेटघाट गरेका थिए ।
पुरी दिल्ली पुगेसँगै ६ गते साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फोन गरेका थिए । सो फोनपछि राजनीति पेचिलो बन्दै गएको एक वाम नेताले बताए ।
मोदीले तीन नेतालाई फोन गरेर के कुरा गरे भन्ने खुल्न सकेको छैन । मोदीको फोनपछि गठबन्धनका नेताद्वय ओली र प्रचण्डले सोही राती एक बजेसम्म बालकोटमा छलफल गरेका थिए । मोदीको फोनपछि नै काँग्रेसका सभापति एवं प्रधानमन्त्री देउवाले अध्यक्ष प्रचण्डलाई बोलाएर पाँच वर्षका लागि प्रधानमन्त्री बन्नका लागि ‘अफर’ विषय पनि बाहिर आएको थियो ।
ओलीको उपेन्द्रसँग अर्थपूर्ण छलफल:
ओलीलाई भेटेर जब पुरी दिल्ली उडे, त्यसपछि नै सप्तरीमा रहेका उपेन्द्रलाई बोलाएर ओलीले छलफल समेत गरेका थिए । ओलीले उपेन्द्र यादवसँग बालकोटमा छलफल गरेपछि राजनीतिमा एकखालको तरङ्ग पैदा भयो । र, दिल्लीबाट फर्के लगतै राजदूत पुरी पुनः सक्रिय भएका थिए । पुरी सक्रिय भएपछि एमालेसँग नजिक हुन चाहेका मधेशी दलका नेताहरु पनि टाढिए र लोकतान्त्रिक गठबन्धनतिर ढल्किए ।
यही क्रममा गठबन्धनमा समस्या भएको भन्नेसम्मको हल्ला फैलिएसँगै एमाले अध्यक्ष ओलीले चितवनमा रहेका प्रचण्डलाई फोन गरेर राजधानी फर्किन आग्रह गरेका थिए । प्रचण्डले उनको आग्रहलाई स्वीकार त गरे तर त्यही दिन फर्केनन् । ओलीले प्रचण्डलाई फोन गरेको तीन दिनपछि मात्र उनी काठमाडौ फर्के । पुस ११ गते फर्केका प्रचण्ड र ओलीबीच त्यही दिन भेटघाट हुने कुरा भनिएपनि १२ गतेमात्र सम्भव भयो ।
पछिल्लो समय पनि ओली र प्रचण्डबीच निर्णायक वार्ता हुन सकिरहेको छैन । आजै ओली र प्रचण्डबीच भेटवार्ता हुने तय भएको भनिएपनि त्यो सम्भव भएन । चितवनमा रहेका प्रचण्ड शनिवार फकिर्न भनिएपनि प्रतिकूल मौसमका कारण आज मात्रै सडक मार्ग हुँदै फर्किदैंछन् ।
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...











