पूर्वराजा ज्ञानेन्द्र उत्तर प्रदेशका मुख्यमन्त्री भेट्न गाडीबाटै लखनउ प्रस्थान
काठमाडौं, २३ पुस । पूर्वराजा ज्ञानेन्द्र शाह भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ भेट्न लखनउ प्रस्थान गरेका छन् । पश्चिम नेपालको भ्रमणमा रहेका शाह आइतबार बिहान नेपालगन्ज हुँदै लखनउ प्रस्थान गरेका हुन् । पूर्वराजपरिवार जमुनाहा पुग्ने बित्तिकै भारतीय प्रहरीले स्कटिङ गरेको थियो । पूर्वराजा २७ गते नेपालगञ्ज फर्किने तालिका छ ।
गोरखनाथ पीठ प्रमुख एवं उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग पूर्वराजा ज्ञानेन्द्रको भेटघाट गर्ने कार्यक्रम रहेको जनाईएको छ । पाँच दिनदेखि नेपालगञ्जमा रहेका पूर्वराजा शाह धनगढी पुगेर शिवपुरी धामको दर्शन र पूजाआजा गरेका थिए ।
उनका साथमा पूर्वरानी कोमल, पूर्वयुवराज्ञी हिमानी, नाति हृदयन्द्र, नातिनी पूर्णिका छन् । पूर्वयुवराज्ञी हिमानीको गत असोजमै उत्तर प्रदेशस्थित गोरखनाथ मन्दिरको दर्शन गर्ने र मुख्यमन्त्री आदित्यनाथसँग भेटवार्ता गर्ने कार्यक्रम तय थियो । तर, मुलुकमा चुनावी माहोल उत्कर्षमा पुगेका बेला हिमानीको भ्रमण रोकिएको थियो ।
उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ हिन्दु धर्म र राजसंस्थाका पक्षधर हुन् । उनले नेपाल हिन्दु राष्ट्र हुनुपर्ने भन्दै लबिङ गरिरहेका छन् ।आदित्यनाथसँग सम्बन्ध राम्रो भएकाले पनि उनलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र लखनउ गएको बताइएको छ ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











