यी हुन् बाम गठबन्धन फुटाउन प्रचण्डलाई उचाल्नेहरु (नामावलीसहित)
काठमाडौं, २३ पुस । यतिबेला नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकताको तयारीमा छन् । एमाले माओवादी पार्टी एकता गर्ने भन्दै चुनावी तालमेल गरेर चुनावमा होमिएका थिए । उनीहरुको घोषणा जनताले समेत अनुमोदन गरेर स्पष्ट जनमत दिईसकेका छन् । त्यही अनुरुप एकता प्रक्रिया अगाडि बढिरहेको छ ।
एमाले माओवादीकै भाषामा भन्ने हो भने अब पार्टी एकता भएरै छोड्छ । तर यो एकता हुन नदिन देशभित्रका र बाहिरका शक्तिहरु लागिपरेको वाम गठबन्धनका शीर्ष नेताहरुले बताउँछन् । वाम गठबन्धन तोड्न नेपाली कांग्रेस, मधेशवादी दलहरु र भारत डटेरै लागेको वाम गठबन्धनका नेताहरुको आरोप छ । नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालको मधेसवादी गठबन्धन उनीहरुलाई फुटाउन सक्रिय भएर लागेका छन् ।
वाम गठबन्धन फुटाए मधेशी दलको राजनीतिक स्वार्थ पूरा हुनेः
वाम गठबन्धनलाई फुटाएर आफ्ना राजनीतिक स्वार्थ पूरा गर्न मधेसवादी गठबन्धन सक्रिय देखिएको एमाले माओवादी नेताहरुको आरोप छ । संविधान संशोधनको मुद्दा अघि सारेका राजपा र संघीय फोरमले विगतमा आफ्नो पक्षमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारलाई आफ्नो समर्थन हुने बताउँदै आएका छन्।
विगतमा संविधान संशोधनको विपक्षमा रहेको एमालेसँगको गठबन्धनबाट प्रचण्डलाई टुटाउँदा आफ्नो मुद्दा अघि बढ्ने विश्वास फोरम र राजपाले गरेका छन्। पार्टी एकीकरणको प्रक्रियामा रहेकै समयमा शनिबार राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य अनिल झाले मधेस र मधेसीको अधिकार पूरा गर्ने सवालमा एमाले अध्यक्ष केपी शर्मा ओलीभन्दा माओवादी अध्यक्ष प्रचण्ड सकारात्मक रहेको बताए।
‘मैले पहिले पनि भनेको छु, आज पनि भन्छु, संघीयता समावेशी समानुपातिक पक्षमा काम गरेका लिडर भनेको दाहाल नै हो’ झाले भने ‘ मधेस र मधेसीको अधिकारका लागि ओलीभन्दा दाहाल सकारात्मक रहेकाले दाहाल नै नयाँ सरकारको प्रधानमन्त्री हुँदा राम्रो हुन्छ।’
कांग्रेस भारतको इशारामा परिचालनः
वाम गठबन्धन बनाएर चुनावमा होमिएपछि त्यसको असर नेपाली कांग्रेसलाई पर्यो । सबैभन्दा ठूलो दल कांग्रेस थोरै सिटमा खुम्चिन बाध्य भयो । त्यही हारको बदला लिन कांग्रेस वाम गठबन्धनलाई जसरी पनि अलग गराउने खेलमा लागेको हो । नेपालमा स्थिरता नचाहने भारत पनि वाम गठबन्धनसँग रुष्ट छ ।
उसले यो गठबन्धनलाई पटक्कै रुचाएको छैन् । र गठबन्धनलाई जसरी पनि समाप्त पार्ने खेलमा लागेको छ । त्यसको लागि भारतले नेपाली कांग्रेसलाई हतियार बनाएको छ । कांग्रेसलाई परिचालन गरेर वाम गठबन्धन जसरी पनि भत्काउने योजना भारतको छ । यो कुराको पछिल्लो समय नेपालका लागि भारतीय राजदूतले देखाएको सक्रियताले पनि पुष्टि हुन्छ ।
भारतीय राजदूत मञ्जित सिंह पूरीले पछिल्लो समय शीर्ष राजनीतिक दलका नेताहरुसँगको भेटघाटलाई बढाएका छन् । पूरीले एमाले बाहेकका राजनीतिक दलहरु माओवादी केन्द्र, नेपाली कांग्रेस, राजपा र संघीय समाजवादी फोरमका नेताहरुसँगको भेटमा एमालेलाई बाहिर राखेर सरकार गठन गर्न आह्वान गरेका छन् । उनको आग्रह बमोजिम नै कांग्रेस र मधेशवादी दलहरुले माओवादीलाई गठबन्धनबाट बाहिर आएर पाँच वर्ष प्रधानमन्त्री बन्न प्रस्ताव राखेका थिए । तर माओवादीले उक्त प्रस्ताव सिधै अस्विकार गर्दै आएको छ ।
प्रचण्डलाई गठबन्धन फुटालेर आउन भन्दै उचाल्नेहरुमा कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस नेता अमरेशकुमार सिंह, राजपा नेता राजेन्द्र महतो, कांग्रेस नेता डा. शेखर कोईराला, भारतीय ‘रअ’ प्रमुख अनिल धसमाना, भारतीय राजदूत मञ्जिभ सिंह पूरी लगायतका रहेका छन् ।
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...











