यस्ता पनि चिकित्सक ! प्रसूति गराउँने क्रममा शिशुको हातै भाँचिदिए
विराटनगर, २३ पुस । विराटनगरको नोबेल मेडिकल कलेजमा प्रसूति गराउने क्रममा शिशुको हातै भाँचिएको छ । मोरङको सुन्दरहरैंचा ३ की ३४ वर्षीया तारा अछामीको प्रसूति गराउने क्रममा स्वास्थ्यकर्मीले शिशुको हात भाँचिदिएका हुन्। तारालाई प्रसूति व्यथा लागेपछि गत पुस ९ गते अस्पताल भर्ना भएकी थिइन्।
१० गते शिशु जन्मिए पनि बच्चाको हात भाँचिएपछि अस्पतालले त्यसलाई सार्वजनिक नगर्न आफूलाई दबाब दिएको ताराका ससुरा धनलाल सार्कीले जानकारी दिए । ताराले दोस्रो सन्तानका रुपमा छोरा जन्माएकी छन्। उनको पहिलो सन्तान पाँच वर्षकै छोरा छन्।
ताराका पति चन्द्र अछामी पाँच महिनाअघि वैदेशिक रोजगारीमा गएका छन्। ‘जन्मिएको बच्चाको हात भाँचिएको पाइएपछि अस्पतालसँग हामीले गुनासो राख्यौं,’ धनलालले भने, ‘आमा र बच्चाको उपचार सबै गरिदिने भन्दै अस्पतालले त्यसलाई सार्वजनिक नगर्न दबाब दिएका कारण हामीले पनि तत्काल यो कुरा बाहिर ल्याउन सकेनौं।’
शिशुको भाँचिएको हातको उपचार गर्न र बुहारीको प्रसूति गराउने क्रममा अस्पतालले आफूसँग ६० हजार रुपैयाँ लिएको पनि उनले बताए। उनका अनुसार प्रसूति गराउने काममा संलग्न चिकित्सकले शल्यक्रिया गर्नु नपर्ने र सामान्य अवस्थामा बच्चा जन्मिन सक्ने भन्दै हात हालेर बच्चा निकालेका थिए। हात हालेर जबरजस्ती निकाल्दा बच्चाको हातै भाँचिदिएको परिवारको गुनासो छ ।
नोबेलले भने प्रसूति गराउँदा शिशुको हात भाँचिएको कुनै जानकारी नभएको जनाएको छ । अस्पतालका प्रशासकीय अधिकृत दीपेश राईले भने, ‘अस्पतालले त्यस्तै कुनै कमजोरी गरेको जानकारी छैन,’ उनले भने, ‘अन्जानमा भएको भए पनि बिरामीको उपचारलाई अस्वीकार गर्ने कुरै हुँदैन।’
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












