प्रचण्ड एकाएक पुगे बालकोट, ओलीसँग डेढ घण्टा छलफल गर्दा भयो ठोस ३ निर्णय
काठमाडौं, २३ पुस । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । चितवनबाट काठमाडौं फर्किएका प्रचण्ड र ओलीबीच आइतबार साँझ ओली निवास बालकोटमा भेटवार्ता भएको हो । करिब डेढ घन्टा लामो छलफलमा तीनवटा ठोस निर्णय गरेको अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
पार्टी एकतालाई छिट्टै निष्कर्षमा पुर्याउन सोमबार दुवै पार्टीको शीर्ष बैठक राख्ने सहमति भएको प्रेस संयोजक अधिकारीले जानकारी दिए । एमालेले सोमबार दिउँसो २ बजे पार्टी स्थायी कमिटीको बोलाउने निर्णय गरिसकेको छ भने माओवादी केन्द्रले पनि बैठक बोलाउनेछ ।
भेटमा दुई पार्टीबीच एकता संयोजन समितिको बैठक मंगलबार बस्ने सहमति भएको छ । बैठकले राजनीतिक, वैचारिक र संगठनात्मक समिती बनाएर एकता प्रक्रियालाई अगाडि बढाउने सहमति गरेको भेटपछि प्रचण्डले पत्रकारलाई जानकारी दिए ।
दुई सातायता अस्वस्थ्य रहेका ओली नियमित चेकजाँचका लागि विदेश जानु अघि नै पार्टी एकताका विषयमा ठोस निर्णय गर्ने विषयमा दुई नेताबीच सहमति भएको छ । भेटमा पछिल्लो राजनीतिक विकासक्रम, पार्टी एकता, नयाँ सरकार गठन लगायत विषयमा छलफल भएको छ । ओली नियमित स्वास्थ्य चेकजाँचका लागि २६ गते थाइल्याण्ड जाने तयारीमा छन्।
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...












