बाहिरका चोर सिंहदरबार पसे ! मध्यराति क्यान्टिनबाटै ४२ हजार चोरी
काठमाडौं, २४ पुस । पछिल्लो समय देशको प्रमुख प्रशासकिय केन्द्र सिंहदरबारभित्र चोरको विगविगी बढेको छ । सबैभन्दा सुरक्षित मानिएका सिंहदरबारभित्रै चोरीका घटनामा उल्लेख्य बृद्धि भएका छन् । आईतबार राती पनि चोरी भएको छ । सिंहदरबारभित्र तीन हप्ताबीचमा दोस्रोपटक चोरी भएको हो ।
सिंहदरबारभित्र रहेको क्यान्टिनमा आइतबार राती ललितपुरका बिश्वराज सिलवालले सिंहदरबार पुर्ननिर्माण कार्यालयमा संचालन गरेको क्यान्टिनबाट ४२ हजार रुपैयाँ नगद र विभिन्न सामानहरु चोरी भएको हो। घटनाको अनुसन्धानका लागि क्यान्टिन संचालकले महानगरीय प्रहरी वृत्त अनामनगरमा जाहेरी दिएका छन्।
व्यापारको पैसा उक्त क्यान्टिनमा राखेकोमा झ्यालबाट छिरेर चोरले लगेको सिलवालले बताए। सिंहदरबारभित्रकै कर्मचारीको चोरीमा संलग्ना रहेको उनको आशंका छ। अनामनगर वृत्तले घटनाको अनुसन्धान सुरु गरकेो छ।
गत पुस १ गते सिंहदरबारको स्थानीय विकास मन्त्रालय परिसरबाट गाडिका चार वटा टायर चोरी भएको थियो। सरकारी गाडि चालक चन्द्र बहादुर मोक्तानले नै टायर चोरेको खुलेको थियो। मोक्तान हालसम्म फरार छन्। कडा सुरक्षा रहने भनिएको सिंहदरबारभित्रै बारम्बारका चोरी घटनाले त्यहाको सुरक्षा अवस्था उदांगो भएको छ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












