जति गरेपनि नसुध्रिएपछि खुल्ला ठाउँमा शौच गर्नेलाई १५ किलोको माला !
सप्तरी, २४ पुस । यतिबेला जताततै खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिदैंछ । यस अभियानले देशभर तीब्रता पाईरहेको छ । यसको राज्यका हेरक संयन्त्र परिचालन गरिएका छन् । करोडौंको बजेटहरु विनियोजित भईरहेको छ । जनचेतनाका विभिन्न कार्यक्रमहरु भईरहेका छन् । घर घरमा शौचालयन नबनाउनेलाई सरकारी सेवा सुविधाबाट समेत बञ्चित गरिदैं आएको छ ।
त्यति गर्दा पनि खुल्ला ठाउँमा शौच गर्नेको संख्या भने प्रशस्तै छन् । जति गरे जे गरेपनि केही नभएपछि खुल्ला ठाउँमा शौच गर्नेलाई नै माला लगाईएको छ । राजविराज नगरपालिकाले सार्वजनिक ठाउँमा शौच गर्नेलाई फूलमाला र अबीरले स्वागत गर्ने अभियान प्रारम्भ गरेको छ ।
पटकपटक अभियान चलाउँदा पनि मुख्य चोकहरुमै खुल्ला शौच गर्नेहरुको संख्या नघटेपनि सप्तरी युथ नेपालले सप्तरी सामुदायिक विकास केन्द्रको सहकार्यमा यो अभियान प्रारम्भ गरेको हो । खुल्ला ठाउँमा शौच गरेको भेटिए युवाहरुको समूहले १५ किलोको फूलको माला र अबिर लगाइदिने गरेका छन् ।
यसबाहेक एक वटा चकलेट समेत दिने गरिएको छ । खुल्ला ठाउँमा शौच गरेको देखे लगत्तै युवाहरुले फूलको माला लगाएर लाज लगाउन र सार्वजनिक ठाउँमा पिसाव नफेर्न आग्रह गर्दै यो अभियान प्रारम्भ गरिएको हो ।
सोमबार बिहानदेखि प्रारम्भ गरिएको अभियान अन्तर्गत दुई दर्जनभन्दा बढी व्यक्तिलाई माला लगाइएको सप्तरी युथका मोहन यादवले जानकारी दिए । यस्तो अभियान प्रारम्भ गरेपछि खुल्ला ठाउँमा शौच गर्नेलाई लज्जाबोध हुने गरेको छ । माला लगाउन पाएकाहरुले आगामी दिनमा कहिल्यै पनि खुल्ला ठाउँमा पिसाव नफेर्ने प्रतिबद्वता व्यक्त गरेको यादवले बताए ।
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












