अवहेलना मुद्दामा डा. गोविन्द केसीलाई यस्तो सजाय हुनसक्छ
काठमाडौं, २५ पुस । अदालतको अवहेलना गरेको आरोपमा अनशनरत डा. गोविन्द केसी पक्राउ परेका छन् । उनलाई अहिले सर्वोच्च अदालतमा उपस्थित गराईएको छ । सर्वोच्च अदालतको आदेश अनुसार डा. केसीलाई अदालतको अवहेलना गरेको मुद्दामा महानगरीय प्रहरी प्रभाग सिंहदरबारले सोमबार राति पक्राउ गरेको थियो ।
केसीले अदालतको अवहेलना गरेको भन्दै न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले केसीलाई मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउन प्रहरीलाई निर्देशन दिएको थियो । सर्वोच्च अदालतको उक्त निर्देशन बमोजिम केसीलाई पक्राउ गरी अदालतमा उपस्थित गराईएको छ ।
सर्वोच्च अदालतले चिकित्सा शिक्षा अध्ययन संस्थान आइओएमको डिनमा डा. शशी शर्मालाई पुनर्वहाली गर्न आदेश दिएपछि डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा र पराजुलीले गरेका फैसलाको छानविनको माग गर्दै अनसन सुरु गरेका थिए ।
अदालतको अपहेलना मुद्दामा यस्तो कानूनी व्यवस्थाः
न्याय प्रशासन ऐन, २०७३ मा अदालतको अपहेलना सम्बन्धी मुद्दामा के गर्ने भन्ने विषयमा व्यवस्था गरिएको छ । नयाँ संविधान कार्यान्वयनमा आएपछि न्याय प्रशासन ऐन, २०७३ ल्याइएको हो । त्यसअघि न्याय प्रशासन ऐन, २०४८ कार्यान्वयनमा थियो । अहिले कायम रहेको न्याय प्रशासन ऐन, २०७३ अनुसार दफा १७ मा अदालतको अपहेलना सम्बन्धी मुद्दाका बारेमा उल्लेख गरिएको छ ।
ऐन अनुसार अदालतको अपहेलना मुद्दामा दोषी ठहर हुने व्यक्तिलाई एक वर्ष जेल सजाय वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । यस्तै अरु उपयुक्त कारवाही गर्न सक्ने व्यवस्था पनि ऐनमा छ । तर दोषीले अदालतलाई चित्त बुझ्ने गरी माफी मागेमा कारवाही मुद्दा तामेलीमा राख्न सकिने पनि ऐनमा उल्लेख छ । यस्तै दोषी ठहर भइसकेपछि पनि दोषीले अदालतलाई चित्त बुझ्ने गरी माफी मागेमा कारवाही रोक्न सकिने ऐनमा व्यवस्था गरिएको छ ।
डा. केसीले आफूले अदालतमाथि लगाएका आरोप आरोपमात्र नभई यथार्थ रहेको भन्दै कुनै पनि हालतमा पछि नहट्ने अडान लिईरहेका छन् । जसले गर्दा माफी माग्ने सम्भावना एकदमै न्युन छ । डा. केसीले माफी नमागेमा सर्वोच्चले यहि ऐनमा भएको व्यवस्था अनुसारकै सजाय सुनाउने छ ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











