वाम एकता संयोजन समितिको बैठक एक सय दिनमा आज दोस्रो पटक बस्दै, के छ एजेन्डा ?
काठमाडौं, २५ पुस । नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने छ । बैठकले राजनीतिक-बैचारिक र पद बाँडफाँटको विषय मिलाउन छुट्टाछुट्टै कार्यदल गठन गर्ने नेताहरुले बताएका छन् ।
एमाले र माओवादीले असोज १७ गते चुनावी गठबन्धन घोषणासँगै भविष्यमा पार्टी एकताको उद्घोष गरेका थिए । र, यसका लागि उच्चस्तरीय पार्टी एकता संयोजना समिति पनि बनाएका थिए ।तर, यो समितिको दोस्रो बैठक करिब एक सय दिन पुग्दा आज बस्दैछ । यस अघि यो समितिको बैठक कार्तिक १४ गते बसेको थियो । यद्यपी यसबीचमा शीर्ष नेताहरुबीच भने पटक–पटक अनौपचारिक छलफल भैरहेको थियो ।
आजको बैठकको एकमात्र एजेण्डा बैचारिक राजनीतिक र सांगठानिक संरचना कस्तो बनाउने भन्ने छ । ‘वैचारिक–राजनीतिक र सांगठनिक संरचनालाई केन्द्र विन्दुमा राखेर छलफल हुन्छ, त्यो छलफलबाटै अरु एजेण्डा तयार गरिन्छ,’ एकता संयोजन समितिका सदस्य तथा माओवादी नेता नारायणकाजी श्रेष्ठको भने, ‘सुरुमा त बैठक नै बस्नुपर्छ, त्यो बैठकमा स्वभाविक रुपमा आ–आफ्नो दलमा भएका गृहकार्यका बारेमा जनाकारी गराइन्छ । त्यसपछि यो–यो फ्रेमभित्र रहेर यी–यी काम गर्ने भन्ने मोटामोटी सहमति बन्छ त्यो सहमतिपछि बल्ल केके गर्ने भन्ने बाटो तय गर्छ ।’
यसअघि आइतबार एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल भएको थियो । उक्त छलफलमा सोमबार दुवै दलले आन्तरिक छलफल गर्ने र मंगलवार पार्टी एकता संयोजन समितिको वैठक बस्ने तय भएको थियो । त्यसै अनुसार सोमवार एमालेको स्थायी समिति बैठक बस्यो भने माओवादी अध्यक्ष प्रचण्डले पार्टीका नेताहरुसँग अनौपचारिक छलफल गरेका थिए ।
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












