मलेसिया रहेका नवराज सिलवाल ओली प्रधानमन्त्री बनेपछि मात्र नेपाल आउने
काठमाडौं, २५ पुस । मलेसियामा रहेका पूर्वडिआईजी तथा निवर्तमान सांसद् नवराज सिलवाल तत्काल स्वदेश नफर्किने भएका छन् । कार्यसम्पादन मूल्यांकन किर्ते गरेको अभियोगमा पक्राउ पुर्जी जारी नहुँदै मलेसिया पुगिसकेका पूर्वडिआईजी एवं ललितपुर–१ का एमाले सांसद सिलवाल तत्काल स्वदेश नफर्कने भएका हुन् ।
सिलवाल एक कार्यक्रममा सहभागी हुने भन्दै हाल मलेसियाको राजधानी क्वालालम्पुरमा छन् । उनी बाम गठबन्धनको सरकार नबन्दासम्म नेपाल नफर्कने पारिवारिक स्रोतले जनाएको छ । कुनै चमत्कार नभए बाम गठबन्धनबाट एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने करिब निश्चित छ ।
ओली प्रधानमन्त्री भएपछि नेपाल आउँदा लफडाबाट मुक्त हुन सजिलो हुने ठानेर सिलवाल त्यतिञ्जेल उतै बस्ने तयारीमा छन् । श्रोतका अनुसार सिलवाल अमेरिका जाँदैछन् । लामो समय संयुक्त राष्ट्रसंघीय मिसनमा समेत काम गरिसकेका सिलवालसँग अमेरिकाको ‘मल्टिपल’ भिसा छ ।
सर्वोच्च अदालतले प्रहरी प्रमुख नियुक्तिका बेला अरु दाबेदारमध्ये आफू अब्बल रहेको दाबीसहित प्रमाणका रुपमा पेस गरेको कार्यसम्पादन मूल्याङ्कन किर्ते भएको दाबीसहित छानबिन गर्न निर्देशन दिएपछि महानगरीय प्रहरी परिसर काठमाडौंले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
Comments
अरु समाचार
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...












