मलेसिया रहेका नवराज सिलवाल ओली प्रधानमन्त्री बनेपछि मात्र नेपाल आउने
काठमाडौं, २५ पुस । मलेसियामा रहेका पूर्वडिआईजी तथा निवर्तमान सांसद् नवराज सिलवाल तत्काल स्वदेश नफर्किने भएका छन् । कार्यसम्पादन मूल्यांकन किर्ते गरेको अभियोगमा पक्राउ पुर्जी जारी नहुँदै मलेसिया पुगिसकेका पूर्वडिआईजी एवं ललितपुर–१ का एमाले सांसद सिलवाल तत्काल स्वदेश नफर्कने भएका हुन् ।
सिलवाल एक कार्यक्रममा सहभागी हुने भन्दै हाल मलेसियाको राजधानी क्वालालम्पुरमा छन् । उनी बाम गठबन्धनको सरकार नबन्दासम्म नेपाल नफर्कने पारिवारिक स्रोतले जनाएको छ । कुनै चमत्कार नभए बाम गठबन्धनबाट एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने करिब निश्चित छ ।
ओली प्रधानमन्त्री भएपछि नेपाल आउँदा लफडाबाट मुक्त हुन सजिलो हुने ठानेर सिलवाल त्यतिञ्जेल उतै बस्ने तयारीमा छन् । श्रोतका अनुसार सिलवाल अमेरिका जाँदैछन् । लामो समय संयुक्त राष्ट्रसंघीय मिसनमा समेत काम गरिसकेका सिलवालसँग अमेरिकाको ‘मल्टिपल’ भिसा छ ।
सर्वोच्च अदालतले प्रहरी प्रमुख नियुक्तिका बेला अरु दाबेदारमध्ये आफू अब्बल रहेको दाबीसहित प्रमाणका रुपमा पेस गरेको कार्यसम्पादन मूल्याङ्कन किर्ते भएको दाबीसहित छानबिन गर्न निर्देशन दिएपछि महानगरीय प्रहरी परिसर काठमाडौंले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












