डा. गोविन्द केसीको आन्दोलनलाई विमलेन्द्र निधिको यस्तो व्यंग
काठमाडौं, २६ पुस । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले डा. गोविन्द केसीको आन्दोलनमाथि व्यंग प्रहार गरेका छन् । सामाजिक सञ्जाल ट्वीटर मार्फत व्यंग प्रहार गर्दै निधिले केसीको आन्दोलन नानीमैयाँको पुलिगिं अवतार र भक्तहरुको संज्ञा दिएका छन् ।
उनले एक घण्टाको अन्तरमा दुईवटा ट्वीट गर्दै डा. केसीको आन्दोलनको आलोचना गरेका हुन् । पहिलो ट्वीटरमा नेता निधिले लेखेका छन्, ‘अदालतको अवहेलना र अनशन दुबै फैशन हुन लागेको छ। नानीमैंयां प्रवृतिको लोकप्रियता बुद्धिविलासको लागि त रमाईलै होला। तर, व्यवस्थापकीय एवं शासकीय उत्पादनको लागि कति बुद्धिमत्तापुर्ण हुन्छ ख्वै !!’
त्यसपछि अर्को ट्वीट लेख्दै नेता निधिलेु डा गोविन्द केसीले सरकार, संसद र अदालत मैले भने अनुसार चल्नुपर्छ भन्ने देखाउन खोजेको आरोप लगाएका छन् । जसलाई उनले नानिमैयाको अवतारको रुपमा चित्रण गरेका छन् ।
ट्वीटमा निधिले लेखेका छन्, ‘सरकार, संसद र अदालत तीन वटै (राज्यको अंग) मैले भने अनुसार नै चल्नु पर्छ। I AM THE STATE होईन र यो रु नानीमैयांको पुलिंग अवतार र भक्तहरू!!’
केसीलाई अदालतको मानहानी गरेको अरोपमा सोमबार त्रिवि शिक्षण अस्पतालबाट नै प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो । मंगलबार उनले अदालत पुगेर बयान दिएका थिए भने आज उनीको मुद्दाको बहस जारी छ ।
को हुन् नानिमैया ?
नानीमैया दाहालले २०३८ सालमा भएको पञ्चायतको चुनावमा जनपक्षीय उम्मेदवारी दिएकी थिइन् । र, काठमाडौंमा पञ्चायतका उम्मेदवारलाई पराजित गरेर चर्चामा आएकी थिइन् । नानीमैया मान्छेलार्इ छाडा शव्दमा गाली गर्न, आफूले भनेको नभए जस्तो सुकै काम गर्न पनि पछाडि नपर्ने पात्र हुन् जसलाई २०३८ सालमा मालेले उम्मेदवार बनाएको थियो । उनले राष्ट्रिय पञ्चायतको चुनावमा नगर पञ्चायतका मेयर कमल चित्रकारलाई हराएकी थिईन् ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












