दिल निशानी मगरले पृथ्वीनारायण शाह नचिन्नु र ‘फेसबुक वार’
काठमाडौं, २८ पुस । बिहीबार अर्थात पौस २७ गते राष्ट्र एकिकरणका अभियान्ता पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाईयो । बाईसे र चौविसे राज्यमा विभाजित नेपाललाई एकिकरण गरेर सिंगो नेपाल बनाउने राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मदिनलाई राष्ट्रिय एकता दिवस भनेर मनाईयो । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा माल्र्यापण समेत गरिन् ।
सरकारी स्तरबाटै पृथ्वीजयन्ती मनाईरहेका बेला आदिवासी जनजातीहरुले भने राष्ट्रिय एकता दिवसकै दिन विरोध दिवस मनाए । आफुहरुको वंश ध्वस्त पारेको भन्दै उनीहरुले राष्ट्रिय एकता दिवसको विरोध गरे । यो दिवसलाई लिएर विभिन्न टिकाटिप्पणी समेत भए ।
यसैबिच विभिन्न विषयमा कलम चलाउँदै आएका पत्रकार तथा विश्लेषक दिल निसानी मगर विवादित बनेका छन् । उनले पृथ्वीनारायण शाहप्रति गरेको टिप्पणीपछि विवादित बनेका हुन् । पृथ्वीनारायण शाहको बारेमा दिल निशानीले नकारात्मक टिप्पणी गरेपछि उनको चर्को आलोचना भईरहेको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नकारात्मक टिप्पणी गरेका हुन् ।
त्यस्तै त्रिभूवन पौडल भन्छन्,’भड्किलो कुरा नगर हो दिल ब्रो। जुन देशमा टेकेर यो लेख्दैछौ नि त्यो जोड्ने काम त पृथ्वीले नै गरेका हुन नि ब्रो ।’
उनले फेसबुकमा गरेको टिप्पणीपछि उनलाई अत्यन्तै नराम्रा नराम्रा कमेन्टहरु आएका छन् । कमेन्ट गर्ने अधिकांशले उनलाई विदेशी दलालको संज्ञा दिएका छन् भने केहीले पागल समेत भनेका छन् । पृथ्वीनारायणको बारेमा लेख्दै दिल निशानीले भनेका छन्,’पृथ्वीनारायण शाहले नेवार मात्रै २८ हजार मारे। अनि यिनले राष्ट्रिय एकता चाँहि को संग गरे ? ढुगा माटो संग ? आज नेपालको पहिचान के हो ? पशुपतिनाथको हगुरे जोगी ?’
यो स्टाटसपछि आएका थुप्रै कमेन्टमा समेत उनले प्रतिउत्तर दिएको पाईन्छ । केही समय अगाडि पत्रकार तथा सिधा कुरा जनतासँगका सञ्चालक रबि लामिछाने विरुद्ध खनिएका दिल निशानीको यो स्टाटसले उनी झन समस्यामा परेका हुन् । उनको स्टेटसमा कमेन्ट गर्दै सुरेस जिसी लेख्छन्,’पत्रकार जस्तो मान्छे ले यस्तो अमान्य कुरा गरेको अलि सुहायन।’
बानिया प्रकाश नाम गरेका भन्छन्,’एकिकरण र पृथ्वीनारायण शाहको बिरोध गर्नेहरु खाली जातिबादी राजनीति गर्नेहरु मात्र देखिएको छ, उनीहरु कै जातको भाईदिएको भए शायद बिरोध गर्दैन थे होला- हामी नेपाली नेपाली एक हौ, जाती बादीलाई लखे ।’
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...











