गगन थापाको गतिविधिले कम्युनिष्टलाई फाईदा भयो भन्दै कारबाहीको तयारी, के साँच्चै होला त ?
काठमाडौं, २८ पुस । नेपाली कांग्रेसका युवा नेता गगन थापाले नवनियुक्त प्रवक्ता विश्वप्रकाश शर्मा र कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरज राणा देउवाविरुद्ध अनर्गल प्रचारबाजी गरेर पार्टीलाई क्षति पुर्याएको आरोप लागेको छ ।
विश्वप्रकाश शर्मालाई पार्टीको विधानअनुसार देउवाले मंगलबार प्रवक्तामा नियुक्त गरेपछि गगन समूहले सभापति शेरबहादुर देउवा, प्रवक्ता विश्वप्रकाश शर्मा र आरजु राणा देउवाविरुद्ध विभिन्न खालका भ्रामक सन्देशहरू फैलाएको हो । नेपाली कांग्रेसका एकजना केन्द्रीय सदस्यले गगन थापामा अहँताले बास गरेको आरोप लगाए ।
‘गगनजीले गुटगत भेला गर्नुभयो । विशेष महाधिवेशन माग गर्नुभयो । कम्युनिष्टहरूलाई फाइदा पुग्ने गरेर कांग्रेसको नीति र सिद्धान्तविरुद्ध अभिव्यक्ति दिँदै आउनुभएको छ’, नाम उल्लेख नगर्ने सर्तमा ती केन्द्रीय सदस्यले भने, ‘उहाँका विरुद्ध धेरै गुनासो र उजुरीहरू आइरहेको छ । अब अनुशासनको कारबाही गर्नुभन्दा अर्को विकल्प देखिएन ।’
पार्टीको विधान विपरित गएर जथाभावी बोलेको भन्दै गगन थापाविरुद्ध अनुशासनको कारबाही गर्नुपर्ने र लगाम लगाउनुपर्ने माँग उठेको एक नेताले बताए । शेरबहादुर देउवाको विकल्प खोज्नुपर्ने भन्दै गुटगत भेला आयोजना गरेका गगन थापाले बाबुराम भट्टराई, रविन्द्र मिश्रहरूसँग मिलेर डा. गोविन्द केसी प्रकरणमा सर्वोच्च अदालतविरुद्ध व्यक्तिगत चर्चा हाँसिल गर्ने उद्देश्यले जथाभावी बोलेको आरोप छ ।
कांग्रेसले सधै न्यायपालिकाको स्वतन्त्रतामाथि आँच आउन नदिएको भन्दै नेताहरूले गगन थापाले कसैको उक्साहटमा न्यायालयमाथि नै धावा बोलेको आरोप लगाए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान जम्मा भएका कांग्रेसका नेताहरूले कांग्रेसको नीति र सिद्धान्त विपरित गगन थापाका गतिविधि एवम् क्रियाकलापहरू हुन थालेको भन्दै चिन्ता जनाएका थिए ।
जवाफमा सभापति देउवाले ‘युवा नेताहरू भनेर सबैले उचाल्छन् त्यही भएर होला गगनजीहरूमा अहँता आएको’ उल्लेख गरेका थिए । बैठकमा सहभागी एक नेताले भने, ‘गगनजीले युवाहरूले नेतृत्व लिनुपर्ने भन्दै विधान विपरित भेला आयोजना गर्नुभयो, त्यतिमात्रै होइन चर्चाको लागि उहाँले पार्टी नेतृत्व विरुद्धमा बोल्नुभयो, यो गलत हो, पार्टीको विधान, नीति, सिद्धान्त र अनुशासन बाहिर गएर बोल्न पाइँदैन, त्यस्तै गतिविधि गरेकोले उहाँलाई कारबाही गर्नुपर्छ भन्ने माँग साथीहरूले गर्नुभयो, यस विषयमा सोचेर निर्णय लिने समझदारी भएको छ ।’
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












