शितलनिवासमा राष्ट्रपतिले दिइन प्रचण्ड परिवारलाई डिनर, जेठी बुहारी सिर्जना किन गईनन् ?
काठमाडौं, २९ पुस । शुक्रबार राष्ट्रपति विद्यादेवि भण्डारीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको परिवारलाई डिनर दिईन् । शुक्रवार साँझ शितलनिवासमा राष्ट्रपति भण्डारीले प्रचण्ड परिवारलाई डिनर दिएकी हुन् । राष्ट्रपति निवासमा प्रचण्ड परिवारलाई दिइएको डिनरमा पत्नी सीता भरतपुर महानगरपालिकाको मेयर समेत रहेकी माहिली छोरी रेणु दाहाल र उनका पति अर्जुन पाठक, बुहारी बीना मगर र स्व प्रकाश दाहालका दुबै छोरा प्रसिद्ध र प्रणब सहभागी थिए।
डिनरमा जेठा ज्वाइँ सागर केसी र उनका छोरीहरु, कान्छी छोरी गंगा दाहाल र उनका पति जीवन आचार्य लगायत उनीहरुका सबैजना छोराछोरी समेत सहभागी थिए । अर्की बुहारी सिर्जना त्रिपाठी भने थिईनन् । दिउँसो म्याग्दीको कार्यक्रम सहभागी भएर साँझ प्रचण्ड काठमाडौं फर्केका थिए । त्यसलगत्तै उनी परिवारसहित डिनरका लागि राष्ट्रपति निवास पुगेका थिए।
बेलुकी साढे ५ बजे परिवारसहित शीतल निवास पुगेका प्रचण्डको परिवार ४ घण्टा त्यहाँ बिताएर साढे नौ बजे खुमलटारस्थित आफ्नो निवासमा फर्किएको थियो। राष्ट्रपतिसँग डिनरवारेको तस्वीर प्रचण्डका कान्छा ज्वाई जीवनले फेसवुमा राखेका थिए । पछिल्लो राजनीति गतिरोध फुकाउन प्रचण्डले पटक पटक राष्ट्रपति भण्डारीसँग भेट गर्दै आएका छन् ।
राष्ट्रपतिले दिएको डिनरको सन्देश के ?
एक साताभित्र राष्ट्रपति भण्डारीले दुई वटा महत्वपूर्ण डिनरको आयोजना गरिन् । पहिलो डिनर २३ गते साँझ एमाले र माओवादी केन्द्रका १२ नेतालाई दिएकी थिईन् । एमालेका ६ माओवादी केन्द्रका ६ प्रभावशाली नेताहरूलाई बोलाएर डिनर दिएकी थिईन् ।
डिनरका लागि आफ्नो निवासमा भण्डारीले एमालेका तर्फबाट पूर्वसभामुख साथै ओली समूहका नेता सुवासचन्द्र नेम्वाङ, उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल सचिव प्रदीप ज्ञवाली र शंकर पोखरेललाई बोलाएकी थिईन् । त्यस्तै माओवादी केन्द्रका तर्फबाट नारायणकाजी श्रेष्ठ, महासचिव रामबहादुर थापा, वर्षमान पुन, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत राष्ट्रपतिको डिनरमा सहभागी भए ।
दोस्रो डिनर भने शुक्रबार नेपालको राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड परिवारलाई दिईन् । यस हिसावले भण्डारीले एक सातामा दुई वटा डिनरको आयोजना गरिेकी हुन् ।
डिनर दिनुको स्वार्थः
राष्ट्रिय राजनीतिमा अर्थपूर्ण त्यसमा पनि बामगठबन्धनको निर्णय प्रक्रियामा भूमिका खेल्ने नेतालाई डिनर दिएर राष्ट्रपति भण्डारीले केही सन्देश दिन खोजेकी छिन् । जानकारहरु मान्छन्, ‘डिनर ती नेतालाई प्रभावित गर्ने र आफ्नो पक्षमा निर्णय लिन बाटो खोल्ने राष्ट्रपतिको सानो अस्त्र हो ।’
एमाले–माओवादी गठबन्धनका एक शक्तिशाली खेलाडी हुन् प्रचण्ड । तीनै प्रचण्डको परिवारलाई डिनर दिएर राष्ट्रपतिले सम्बन्ध अझ राम्रो बनाउन चाहेको सन्देश दिएकी छिन् । एमालेका एक नेता, जो राष्ट्रपतिसँग नजिक पनि मानिन्छन्, उनका अनुसार राष्ट्रपति भण्डारीले यस्ता डिनर दिएर आफ्नो कार्यकाल दोहोर्याउनको लागि लबिङ गरिरहेकी छिन् ।
राष्ट्रपतिको आफ्नो रुचि र त्यहीँस्तरको सक्रियता पनि छ । एमाले अध्यक्ष ओलीको चाहाना छ । माओवादी अध्यक्ष प्रचण्ड पनि सकारात्मक जस्तो देखिएका छन् । यी जोडकोणमा राष्ट्रपतिमा दोहोरिन सक्ने विद्याको आंकलन छ । राष्ट्रपति चयनका लागि हुने निर्वाचनमा संघीय र प्रदेश सांसदहरूको मत चाहिन्छ, जहाँ एमाले र माओवादीको प्रस्ट बहुमत छ । यो सुविधाजनक बहुमतका बलमा राजनीतिक वातवरण बनाए सहजै राष्ट्रपति बन्न सकिने भण्डारीको सोच रहेको बुझिन्छ ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











