शितलनिवासमा राष्ट्रपतिले दिइन प्रचण्ड परिवारलाई डिनर, जेठी बुहारी सिर्जना किन गईनन् ?
काठमाडौं, २९ पुस । शुक्रबार राष्ट्रपति विद्यादेवि भण्डारीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको परिवारलाई डिनर दिईन् । शुक्रवार साँझ शितलनिवासमा राष्ट्रपति भण्डारीले प्रचण्ड परिवारलाई डिनर दिएकी हुन् । राष्ट्रपति निवासमा प्रचण्ड परिवारलाई दिइएको डिनरमा पत्नी सीता भरतपुर महानगरपालिकाको मेयर समेत रहेकी माहिली छोरी रेणु दाहाल र उनका पति अर्जुन पाठक, बुहारी बीना मगर र स्व प्रकाश दाहालका दुबै छोरा प्रसिद्ध र प्रणब सहभागी थिए।
डिनरमा जेठा ज्वाइँ सागर केसी र उनका छोरीहरु, कान्छी छोरी गंगा दाहाल र उनका पति जीवन आचार्य लगायत उनीहरुका सबैजना छोराछोरी समेत सहभागी थिए । अर्की बुहारी सिर्जना त्रिपाठी भने थिईनन् । दिउँसो म्याग्दीको कार्यक्रम सहभागी भएर साँझ प्रचण्ड काठमाडौं फर्केका थिए । त्यसलगत्तै उनी परिवारसहित डिनरका लागि राष्ट्रपति निवास पुगेका थिए।
बेलुकी साढे ५ बजे परिवारसहित शीतल निवास पुगेका प्रचण्डको परिवार ४ घण्टा त्यहाँ बिताएर साढे नौ बजे खुमलटारस्थित आफ्नो निवासमा फर्किएको थियो। राष्ट्रपतिसँग डिनरवारेको तस्वीर प्रचण्डका कान्छा ज्वाई जीवनले फेसवुमा राखेका थिए । पछिल्लो राजनीति गतिरोध फुकाउन प्रचण्डले पटक पटक राष्ट्रपति भण्डारीसँग भेट गर्दै आएका छन् ।
राष्ट्रपतिले दिएको डिनरको सन्देश के ?
एक साताभित्र राष्ट्रपति भण्डारीले दुई वटा महत्वपूर्ण डिनरको आयोजना गरिन् । पहिलो डिनर २३ गते साँझ एमाले र माओवादी केन्द्रका १२ नेतालाई दिएकी थिईन् । एमालेका ६ माओवादी केन्द्रका ६ प्रभावशाली नेताहरूलाई बोलाएर डिनर दिएकी थिईन् ।
डिनरका लागि आफ्नो निवासमा भण्डारीले एमालेका तर्फबाट पूर्वसभामुख साथै ओली समूहका नेता सुवासचन्द्र नेम्वाङ, उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल सचिव प्रदीप ज्ञवाली र शंकर पोखरेललाई बोलाएकी थिईन् । त्यस्तै माओवादी केन्द्रका तर्फबाट नारायणकाजी श्रेष्ठ, महासचिव रामबहादुर थापा, वर्षमान पुन, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत राष्ट्रपतिको डिनरमा सहभागी भए ।
दोस्रो डिनर भने शुक्रबार नेपालको राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड परिवारलाई दिईन् । यस हिसावले भण्डारीले एक सातामा दुई वटा डिनरको आयोजना गरिेकी हुन् ।
डिनर दिनुको स्वार्थः
राष्ट्रिय राजनीतिमा अर्थपूर्ण त्यसमा पनि बामगठबन्धनको निर्णय प्रक्रियामा भूमिका खेल्ने नेतालाई डिनर दिएर राष्ट्रपति भण्डारीले केही सन्देश दिन खोजेकी छिन् । जानकारहरु मान्छन्, ‘डिनर ती नेतालाई प्रभावित गर्ने र आफ्नो पक्षमा निर्णय लिन बाटो खोल्ने राष्ट्रपतिको सानो अस्त्र हो ।’
एमाले–माओवादी गठबन्धनका एक शक्तिशाली खेलाडी हुन् प्रचण्ड । तीनै प्रचण्डको परिवारलाई डिनर दिएर राष्ट्रपतिले सम्बन्ध अझ राम्रो बनाउन चाहेको सन्देश दिएकी छिन् । एमालेका एक नेता, जो राष्ट्रपतिसँग नजिक पनि मानिन्छन्, उनका अनुसार राष्ट्रपति भण्डारीले यस्ता डिनर दिएर आफ्नो कार्यकाल दोहोर्याउनको लागि लबिङ गरिरहेकी छिन् ।
राष्ट्रपतिको आफ्नो रुचि र त्यहीँस्तरको सक्रियता पनि छ । एमाले अध्यक्ष ओलीको चाहाना छ । माओवादी अध्यक्ष प्रचण्ड पनि सकारात्मक जस्तो देखिएका छन् । यी जोडकोणमा राष्ट्रपतिमा दोहोरिन सक्ने विद्याको आंकलन छ । राष्ट्रपति चयनका लागि हुने निर्वाचनमा संघीय र प्रदेश सांसदहरूको मत चाहिन्छ, जहाँ एमाले र माओवादीको प्रस्ट बहुमत छ । यो सुविधाजनक बहुमतका बलमा राजनीतिक वातवरण बनाए सहजै राष्ट्रपति बन्न सकिने भण्डारीको सोच रहेको बुझिन्छ ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












