वाम एकता भाड्न भारतले खटायो गुप्तचर, ओली-प्रचण्डको पिछा गर्दा कुराकानी राखियो गोप्य
काठमाडौं, २९ पुस । एमाले माओवादी केन्द्रको एकतासँग पछिल्लो समय नेपालको राजनीतिले नयाँ मोड लिईरहेको छ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको बोल्ड डिसिजनका कारण नेपालको राजनीतिले नयाँ मोड लिईरहेको हो । गत १० र २१ मंसिरको प्रदेश र प्रतिनिधिसभा निर्वाचनअघि जम्मा एक साताको समय अपुग भएकाले पार्टी एकता गर्न नभ्याइएको बताएका थिए ।
निर्वाचनपछि पार्टी एकता गरेर अगाडि बढ्ने सहमति भएको थियो । यतिबेला पार्टी एकताको गृहकार्य गहन रुपमा अगाडि बढिरहेको वाम नेताहरुको भनाई छ । एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच चुनावी परिणाम सार्वजनिक भएको धेरै दिनपछि १३ पुसमा ओली निवास बालकोटमा पहिलोपटक भेटवार्ता भयो । कहिले के र कहिले के कारण भेट्न नमिलेको बताउँदै आएका ओली–प्रचण्ड भेटलाई चासोका साथ हेरिएको थियो ।
दुई नेता मात्र सहभागी उक्त भेटमा उनीहरुबीच झण्डै डेढ घण्टा कुराकानी भयो । प्रचण्ड बालकोटबाट हिंडेपछि एमाले वरिष्ठ नेता माधव नेपालले ओलीको मोबाइलमा फोन गरेर सोधे, ‘प्रचण्ड’ सँग के कुरा भयो ?’ ओलीले पार्टी एकता, सरकार लगायत विषयमा कुराकानी भएको औपचारिक जवाफ दिएर फोन राखिदिए । नेपालले तत्काल प्रचण्डलाई फोन हाने । ओलीसँग के कुरा भएको भन्नेबारे उनले जिज्ञाशा राखे । प्रचण्डले ‘फोनमा होइन, भेटेरै कुरा गरौं’, भनेपछि नेपालले आफ्नो ‘अघोषित सचिवालय’ रहेको बानेश्वरस्थित अर्याल होटलमा प्रचण्डलाई बोलाए । प्रचण्ड सिधै अर्याल होटल पुगे । ओलीसँगको भेटबारे प्रचण्डले सामान्य ब्रिफिङ गरे ।
निर्वाचनपछि ओलीमा दम्भ पलाएको महसुस आफूले गरेको भन्दै प्रचण्डले नेता नेपाललाई एकताका लागि दबाबमूलक भूमिका निर्वाह गर्न आग्रह गरे । तर, आफू र ओलीबीच भएका गोप्य सहमतिबारे प्रचण्डले केही बताएनन् । यो एउटा प्रतिनिधि उदाहरण मात्र हो । पछिल्लो समय बाम गठबन्धन (एमाले–माओवादी) का कार्यकर्ता मात्र होइन, पदाधिकारी स्तरकै नेतासम्मले एक आपसमा भेट्दा सोध्ने प्रश्न हो, ‘पार्टी एकता हुन्छ त ?’ तर, त्यस्तो प्रश्नको स्पष्ट जवाफ कसैसँग हुँदैन । कसैले आफू अपडेट नभएको र कसैले ‘ठूला नेता’ सँग कुरा नभएको बताउने गरेका छन् ।
माधव नेपालजस्ता एमालेमा लामो समय ‘फस्ट म्यान’ भएका नेताले समेत एकताबारे ओली–प्रचण्ड छलफलको चुरो कुरा थाहा नपाउने अवस्थामा त्यो भन्दा तल्लो तहका नेता कार्यकर्ताले ती विषय जान्ने कुरै भएन । एमाले–माओवादीका दुवैथरि नेता एकता प्रक्रिया कहाँ पुगेको छ र एकता हुन्छ वा हुँदैन भन्ने द्विविधा’ मा छन् । ओली–प्रचण्डका कोटरीका नेता भनेर चिनिएका दुर्व पार्टीका नेताले समेत भित्रभित्रै के खिचडी पाकिरहेको छ भन्ने थाहा पाउन सकिरहेका छैनन् । दुवैतिरका दोश्रो तहका नेताहरुबाट पार्टी एकता, नेतृत्व समायोजन, सरकारको नेतृत्व, पार्टीको सिद्धान्त, नीति र कार्यक्रमबारे बाहिर आएका अभिव्यक्ति उनीहरुका व्यक्तिगत अनुमान, स्वार्थ वा मनोकांक्षा मात्र हुन् । अरु विषयमा जस्तो प्रमुख नेताबाट ‘लाइन’ पाएर कसैले बोलेका छैनन् ।
एकतापछि पनि पार्टी, सरकार र संसदीय दलको नेतृत्व एकै व्यक्तिले गर्ने एमाले महासचिव ईश्वर पोखरेलको अभिव्यक्ति होस् वा सम्मानजनक नभए एकता हुँदैन भन्ने माओवादी नेता कृष्णबहादुर महराको अभिव्यक्ति दुवै उनीहरुका व्यक्तिगत हुन् । यद्यपि पोखरेल र महराको विचारमा सहमत हुने तप्का दुवै पार्टीभित्र बलियो अवस्थामा छ । एकतापछि आफ्नो स्वार्थलाई केन्द्रमा राखिएर गरिएका टिप्पणीहरुमा ओली–प्रचण्डले खासै चासो देखाएका पनि छैनन् । तर, उनीहरुले एकताबारे के–के छलफल भयो, प्रक्रिया कहाँ पुग्यो, एकताका लागि दुई पार्टीका साझा पक्ष के र असहमति केमा भन्नेबारे पार्टीमा कसैसँग विमर्श वा छलफल गरेको देखिदैन् ।
भारतीय गुप्तचर ओली प्रचण्डको पिछा गर्दैः
अहिल्यै एकताबारे सबै विषय बाहिर ल्याउँदा एकता भाँड्न उद्धृत शक्ति वा समूहले ‘धमिलो पानीमा माछा मार्न सक्ने’ भएकाले ओेली–प्रचण्डले गोप्य भेटका सूचनाहरु लुकाईरहेको स्रोतको भनाई छ । परिस्थिति परिपक्व नबन्दै सबै सूचना भारतीयहरुले पाएको खण्डमा एकता भाँडिने डर दुवै नेतालाई छ । एउटा कुरा स्पष्ट छ कि नेपालका सबै पार्टीमा दक्षिण छिमेकी भारतका लागि काम गर्ने मानिसहरु छन् । एमाले र माओवादीमा समेत केही नेताले नेपालस्थित भारतीय दूतावासका लागि नियमित रुपमा सूचना दिने गरेका छन् ।
बाम गठबन्धनलाई पार्टी एकतासम्म पुग्न नदिन सक्रिय भारत ओली–प्रचण्डका हरेक गतिविधिमा सूचना खोजिरहेको छ । तर, उनीहरुको भित्री छलफल वा सहमतिबारे सूचना पाउन नसक्दा राजदूतदेखि दूतावासका कर्मचारी र गुप्तचर संस्था ‘रअ’ का अधिकारीहरु हैरान छन् । कारण, उनीहरुका लागि काम गर्दै आएका एमाले–माओवादीका नेता नै एकताको प्रक्रिया वा एकता हुन्छ/हुँदैन भन्नेबारे अन्योलमा छन् ।
ओली र प्रचण्डका हरेक भेटवार्ताका निर्णय गोप्यः
ओली र प्रचण्डले वाम एकतालाई गर्दै आएका हरेक बैठकका निर्णयहरु गोप्य राख्दै आएका छन् । वाम एकता हुन नदिन नेपाली कांग्रेस, मधेशवादी दलहरु लगायतका विदेशी शक्ति सक्रिय रुपमा लागेपछि उनीहरुले यस्तो योजना बनाएका हुन् । दुई नेताका अत्यनतै निकट मानिएका नेताहरुले समेत उनीहरुबीच भएका कुराकानीको बारेमा जानकारी हुँदैन् ।
एमाले र माओवादीभित्र निकै प्रभावशाली मानिएका झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, वर्षमान पुन लगायतका नेताहरुले पनि ओली प्रचण्डका गोप्य कुरा थाहा पाउन नसकेको एक नेताले बताए । दुई नेताको कार्ययोजना बाहिर सार्वजनिक भए एकता प्रक्रियामा समस्या आउन सक्ने भन्दै त्यसलाई निकै गोप्य राख्न खोजिएको बताईएको छ ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
सर्वोच्चमा पेस हुने रिट निवेदनको दर्ता प्रक्रिया २४ घण्टाभित्र टुङ्याइने
काठमाडौँ । सर्वोच्च अदालतले सेवाग्राहीबाट दर्ताका लागि पेस हुने रिट निवेदनहरूको दर्ता प्रक्रियासम्बन्धी समयसीमा तोक्दै सूचना जारी गरेको छ। अदालतद्वारा...
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...
-
प्रतिनिधि सभा बैठकमा आज बजेटमाथि छलफल हुने कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तावित...
-
रास्वपा सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । उनले...












