के प्रचण्डले साच्चै झुट बोलेकै हुन् ? कांग्रेस प्रवक्ता विश्वप्रकाशले खोले यस्तो राज
काठमाडौं, ३० पुस । सत्तारुढ नेपाली कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बन्न प्रस्ताव नगरेको स्पष्ट पारेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो पार्टीले अधिकारिक रुपमा कसैलाई पनि प्रधानमन्त्रीमा प्रस्ताव नगरेको बताएका हुन् ।
चुनाव लगतै भएको भेटमा आफूलाई प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले ५ वर्ष प्रधानमन्त्री बन्न प्रस्ताव गरेको माओवादी अध्यक्ष प्रचण्डको दाबी छ । लामो समयसम्म उनको यो दाबीको कांग्रेसले खण्डन गरेको थिएन । तर, हालै मात्र प्रवक्तामा नियुक्त भएका शर्माले प्रचण्डको दाबी खण्डन गरेका छन् ।
‘जनताको म्याण्डेडलाई स्वीकार गरेर सरकार पनि चलाएको छ, प्रतिपक्षमा पनि बसेको छ’ उनले भने, ‘त्यसैले कांग्रेसको तर्फबाट कसैले कहि कुनै रुपमा अहिलेको गठबन्धन भत्काइनेछ, प्रधानमन्त्री प्रस्ताव गर्यो भनेको मैले पनि मिडियाबाट सुनेको छु । आधिकारिक रुपमा थाहा छैन ।’
साथै वाम गठबन्धन फुटाउन आफ्नो पार्टी लागि परेको भनेर आरोप नलगाउन पनि आग्रह गरे । आइतबार राजधानीमा भएको एक कार्यक्रममा उनले भने, ‘हामी शुभकामना दिन्छौं, उहाँहरुवीच एकता होस् ।’
शर्माले निर्वाचनको समिक्षाका लागि केही दिनभित्रै पार्टी केन्द्रिय कार्यसमितिको बैठक बोलाउने जानकारी दिए । त्यो बैठकले महासमिति बैठक बोलाउने र त्यसले पार्टीको समग्र क्षेत्रको पुनर्संरचना गर्ने उनको दाबी छ ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












