वडाअध्यक्षको फेरियो नाम, अब भए चर्पीदाता, छोराको जन्मदिनमा चर्पी नै उपहार
भद्रपुर २ माघ । झापाको कमल गाउँपालिका–१ निवासी केदार कटुवालको पहिचान अहिले फेरिएको छ भने उनी चर्पीदाताको रुपमा चिनिन थालेका छन् । विगतदेखि नै सामाजिक कार्य गर्दै आएका कटुवाल अहिले चर्पीदाताको रुपमा चिनिन्छन् । उनले आफ्नो वडाका अतिविपन्न घरपरिवारलाई चर्पी निर्माण गर्ने सामग्री व्यक्तिगत तवरबाट सहयोग गर्नेमात्र होइन, आफ्नो छोराको जन्मदिनमा समेत एक दृष्टिविहीनलाई चर्पी बनाउने सामान हस्तान्तरण गरेका छन् ।
हालैको स्थानीय तहको निर्वाचनबाट वडाध्यक्ष भएपछिको पहिलो काम उनले आफ्नो वडामा रहेका चार विद्यालयका एकरएक विद्यार्थीलाई निजी स्तरबाट छात्रवृत्ति प्रदान गर्ने निर्णयले उनलाई थप सामाजिक काम गर्ने हौसला बढेको पाइन्छ । “मैले वडाको पैसाबाट नभई आफ्नै लगानीमा विद्यालयमा छात्रवृत्ति कोष स्थापना गर्ने सोच बनाएको थिएँ”, उनले भने, “तर, गाउँमा खुल्ला दिसामुक्त अभियान चलेपछि छात्रवृत्ति कोष स्थापनालाई केही पर सारेर चार विद्यालयका एक÷एक जना विपन्न विद्यार्थीको घरमा चर्पी बनाउनका लागि आवश्यक सामान दिएँ ।”
चर्पी बनाउनका लागि उनले सिमेण्टका चारवटा रिङ, त्यसको ढक्कन, वाटरसिल प्यान र पाइप दिएका छन् । चर्पीको माथिल्लो संरचना तयार गर्नका लागि आफ्नो घरमा बाँस नहुनेलाई बाँस पनि सहयोग गरेका छन् । “प्यान जडान गर्नका लागि सिमेण्टसमेत किन्न नसक्नेलाई सिमेण्टसमेत सहयोग गरेको छु”, उनले सुनाए ।
यही पुस २ गते छोरा आगमन कटुवालको जन्मदिनको अवसरमा छोरालाई जन्म दिनको उपहारको बारेमा सोचिरहेका केदारलाई लाग्योः कुनै एक विपन्नलाई चर्पी बनाउने सामान नै उपहार दिन पाए झनै भलो होला ।
त्यसैले उनले दृष्टिविहीन बज्रबहादुर कार्कीलाई चर्पी बनाउने सामान हस्तान्तरण गरे, त्यो पनि छोराको हातबाट । वडाध्यक्ष कटुवालतर्फ संकेत गर्दै बज्रबहादुरले भने “उहाँकै गाडीमा सामान राखेर ल्याइदिनुभयो, चर्पी बनाउने बाँस पनि उहाँकै घरबाट ल्याएँ ।”
खुल्ला दिसामुक्त अभियानका क्रममा सञ्चारकर्मीको टोली बज्रबहादुरको घरमा पुग्दा उनले भनेृ, “बाँसको टाटी त आफैँ बनाएँ, अब सिमेण्ट पाएँ भने बाँसको टाटीमा सिमेण्ट लगाएर चिटिक्कको चर्पी बनाउथेँ ।”
बज्रबहादुरको बोली खस्न नपाउँदै केदारले भन्नुभयो, “बजारको पसलमा आज सिमेण्ट आइसकेको छ, एक बोरा सिमेण्ट ल्याएर चिटिक्कको चर्पी बनाउनु । पैसा मेरो नाममा लेखिदिनु ।”
केदारको ‘चर्पी सपना’ सकिएको छैन । आफ्नो गाउँपालिकालाई नै खुल्ला दिसामुक्त गरेपछि मात्र वडाको नियमित काममा फर्किने उनको योजना छ । “अझै आठदश जना विपन्नलाई व्यक्तिगत तवरबाट चर्पी बनाउने सामान दिँदा समुदाय खुल्ला दिसामुक्त हुन्छ भने हामीले सहयोग नगरे कसले गर्ने ?”
“अब गाउँपालिकालाई नै खुल्ला दिसामुक्त घोषणा गर्दैछौँ, शहीद सप्ताहको अवसर पारेर”, सञ्चारकर्मीको टोली गाउँबाट बिदा हुनैलाग्दा उनले निमन्त्रणा गर्न पनि भ्याइहाल्नुभयो, “खुल्ला दिसामुक्त घोषणा समारोहमा पनि आउनुपर्छ है ।” रासस
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












