शुप विश्वविद्यालयको नतिजा प्रकाशनमा गम्भिर त्रुटी, विद्यार्थीहरु आन्दोलित
कञ्चनपुर २ माघ । शुदूरपश्चिमाञ्चल विश्वविद्यालयको परिक्षा नियन्त्रण कार्यालयले प्रकाशित गरेको परिक्षाफलप्रति विद्यार्थीहरु आन्दोलित भएका छन् । शुप विश्वविद्यालय अन्तर्गतको ईञ्जिनियरिङ संकायको छैठौं सेमिस्टरको परिक्षाफलमा कार्यालय गम्भिर त्रुटी गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन् ।
पनिकाले ईञ्जिनियरिङ संकायको छैठौं सेमिस्टरको परिक्षाफल पुस १ र २ गते गरी दुई पटक प्रकाशित गरेको थियो । पहिलो पटक प्रकाशित गरिएको परिक्षाफलमा २८ जना विद्यार्थी पास भएका थिए । तर माघ २ गते प्रकाशित गरिएको दोस्रो परिक्षाफलमा ३४ जना पास भएको देखाएपछि विद्यार्थीहरु आन्दोलित भएका हुन् । ४५ जना विद्यार्थी रहेकोमा दुई पटक परिक्षाफल प्रकाशित गर्दै फरक-फरक नतिजा देखाएर विश्वविद्यालयले विद्यार्थीहरुको भविश्यमाथि खेलबाँड गरिरहेको विद्यार्थी उमेश कुमार पन्तले जानकारी दिए ।

दोस्रो पटक प्रकाशित गरिएको नोटिसमा सच्याईएको वा केही पनि भनेर नलेखिएको भन्दै उनले यसको सत्यतथ्य छानविन हुनुपर्ने माग गरे । यता परिक्षा नियन्त्रक भाष्कर जोशीले भने कर्मचारीको गल्तिका कारण यस्तो भएको बताए । रिजल्ट सहि भएको तर रिजल्ट आउँट गर्ने कर्मचारीको गल्तिका कारण यस्तो समस्या भएको उनले बताए ।
न्युज-नेपालसँगको टेलिफाने कुराकानीमा परिक्षा नियन्त्रक जोशीले भने, “सिम्बोल नम्बर र तयार पारिएको मार्कसिटमा फरक परेको रहेछ । पछि रुजु गर्दा ६ जना बढी पास भएको देखियो ।” उक्त घटनापछि पनिकाको मुल गेटमा सिल गरिएको छ । विद्यार्थी र पनिका दुवैको तर्फबाट एक/एक ताला लगाईएको प्रहरीले जनाएको छ । घटनाको सत्यतथ्य छानविन गर्न बुधबार एक छानविन समिति गठन गरिने पनिकाले जनाएको छ ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












