प्रचण्ड भन्छन्, ‘एमालेलार्इ अप्ठ्यारो हुन्छ भने म केन्द्रीय सदस्य मात्रै रहन तयार छु’
काठमाडौं, ३ माघ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सन्देश बजार अनुमानभन्दा ठीक उल्टो; स्वास्थ्य परीक्षणको सिलसिलामा बैंकक पुगेका एमाले अध्यक्ष केपी ओली पूर्वनिर्धारित समयभन्दा थप केही समय उतै आराम गरेर बस्नुपर्ने । यस्तोमा बिरामीको उपचार औषधिले मात्र हैन, राम्रा, मीठा खबर र आफन्तको ममताले पनि हुन्छ । त्यही भएको छ, प्रचण्डको बोली केपीका लागि ।
आइतबार बेलुकी वाम गठबन्धन निर्माणका दुई सक्रिय सूत्रधार जनार्दन शर्मा र विष्णु पौडेललाई प्रचण्डले खुमलटार बोलाएर उनीहरुमार्फत केपीलाई खबर पठाएका छन्, ‘मेरो कारणले उहाँहरुलाई अप्ठ्यारो हुन्छ भने म केन्द्रीय सदस्य मात्रै रहन तयार छु ।’
उनले अगाडि भनेका छन्, ‘संसदीय दलको नेता, पार्टी अध्यक्ष र प्रधानमन्त्री उहाँलाई नै मान्न तयार छु । हामी मानसिक रुपमा एक भइसकेका छौं । यसबीच धेरै खेल भएका छन् । सबै खेलबारे हामी जानकार नै छौं । यदि स-साना कुरामा अल्मलिएर नमिल्ने बाटोतिर लाग्यौं भने प्राप्त उपलब्धि पनि गुम्ने खतरा हुन्छ ।’
यसबीच, निर्वाचनपूर्व वाम गठबन्धनसँग बिच्किएर कांग्रेसको लोकतान्त्रिक गठबन्धनतिर गएका डा. बाबुराम भट्टराई केही दिनयता एमाले(माओवादीसँग बिग्रँदो सम्बन्ध सुधारको प्रयत्नमा रहेको खबर जनआस्था साप्ताहिकमा छ । अर्थात्, उनी त्यही गठबन्धनभित्र आफ्नो स्पेश खोज्दै छन् । यसका लागि लञ्च, डिनर र चिया संवादहरु थालेका छन् । र, माओवादीका केही बिमार नेतालाई रात्रिभोजमा बोलाइरहेका छन् ।
वाम गठबन्धनले सरकार बनाउनुपूर्व नै पार्टी एकतालाई मूर्तता दिने भनिएको छ । वामवृत्तमा प्रचण्डले साँच्चि नै निकास दिन्छन् भन्ने मान्यता विकास भएको छ । चिन्ता छ, मुख्यतः दोस्रो, तेस्रो तहका नेताको व्यवस्थापन । तर, त्यो पनि प्रचण्डले हाँसी(हाँसी नै मिलाउँछन् भन्दैछन्, वाम अगुवाहरु ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












