सातै प्रदेशका भीआइपीलाई तत्काल चाहिने भयो दुईसय गाडी, गृहलाई सकस
काठमाडौं, १२ माघ । प्रदेशका भीआइपीहरुलाई तत्काल २ सय भन्दा बढी गाडी चाहिने भएको छ । प्रदेशमा अहिलेसम्म आएका र आउने भीआईपीका लागि तत्काल करिब दुई सय गाडी आवश्यक पर्ने भएको हो ।
प्रदेश प्रमुखको कार्यालयमा रहने सचिव, सहसचिवलाई समेत गरी करिब दुई सयवटा गाडी व्यवस्थापन गर्नु परेको गृहमन्त्रालय स्रोतले जनाएको छ । एकै पटक ठूलो संख्यामा गाडी किन्नु परेपछि सात प्रदेश प्रमुखलाई बल्ल बल्ल स्कोर्पियो गाडी खोजेर पठाएको मन्त्रालयले जनाएको छ ।
भीआईपीको गाडी व्यवस्थापन गर्ने जिम्मेवारी गृह मन्त्रालयका हो । एकै पटक दुई सय गाडीको व्यवस्थापन गर्नुपर्दा निकै सकक भएको स्रोतको भनाई छ । केही सयमभित्रै सातै प्रदेशमा आउने मुख्यमन्त्री, मुख्यमन्त्रीको कार्यालयमा रहने प्रमुख सचिव, सचिव र तीनजना सहसचिवलाई गरी कम्तीमा ४५ वटा, प्रदेशका सात मन्त्रालयका मन्त्रीलाई कम्तीमा ४९ तथा सचिवलाई ४९ वटै गाडी चाहिने गृहले जनाएको छ ।
सातै प्रदेशमा सभामुख र उपसभामुखलाई गरी १४ वटा गाडी चाहिने भएको छ । प्रदेशसभा सञ्चालन गर्ने सचिव तथा कर्मचारीका लागि पनि दर्जनौं गाडी चाहिने गृहको निष्कर्ष छ । ति गाडीको व्यवस्थापन गर्न गृहको टाउको दुखाई बनेको छ ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...











