पर्यटनमन्त्री जितेन्द्र देवको ‘कमाई’ रोक्न खोजेपछि सचिव न्यौपानेको सरुवा, अब के गर्लान् ?
काठमाडौं, १२ माघ । मन्त्रीको ‘कमाई’ रोक्न खोजेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेको सरुवा गरिएको छ । राष्ट्रियसभा निर्वाचनको आचारसंहिता लाग्नुअघि बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले न्यौपानेको सरुवा गरिएको हो ।
पर्यटनमन्त्री जितेन्द्र नारायण देवको दबावमा न्यौपानेलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरी सो कार्यालयका कृष्ण देवकोटालाई लगिएको छ । मन्त्री देवले सचिव न्यौपाने असहयोगी भूमिकामा प्रस्तुत भएको आरोप लगाएका छन् ।
नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक हटाउने, बिभिन्न निकायमा राजनीतिक नियुक्ति गर्नेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यासिनो खोल्ने अनुमति दिनेलगायतका मन्त्रीका प्रयासमा सचिव न्यौपाने बाधक बनेपछि सरुवा गरिएको स्रोतले जनाएको छ ।
मन्त्री बनेदेखि नै जितेन्द्र देवले प्राधिकरणको महानिर्देशक सन्जिव गौतमलाई हटाएर मन्त्रालयकै हवाई उड्डयन महाशाखा प्रमुख सहसचिव सुरेश आचार्यलाई नियुक्त गर्न खोजेका थिए । निर्वाचनअघि नै गौतमलाई हटाउन खोज्दा निर्वाचन आयोगले रोकेको थियो ।
गौतमले आफूसँग मन्त्रीले हाकाहाकी पैसा मागेको र पैसा दिन नमानेपछि हटाउन खोजेको दावी गरिसकेका छन् । सहसचिव आचार्यसँग मन्त्रीको सेटिङ मिलिसके पनि सचिवले प्रस्ताव उठाउनै नमानेका कारण मन्त्री र सचिवबीच राम्रो सम्बन्ध थिएन ।
सचिव न्यौपानेले मन्त्रीका गैरकानुनी र अनुचित दबाव नमान्दा सरुवा गरेको हुनसक्ने निकटस्थहरुलाई बताएका छन् । कामचलाउ सरकारले जाँदाजाँदै आफूलाई सरुवा गर्दा आफू खुसी भएको उनले बताएका छन् । आफु मन्त्री आएदेखिनै दबाबमा परेको भन्दै सचिव न्यौपानले जस्तोसुकै हालतमा पनि नराम्रो काम नगर्ने अडान लिदै आएको बताए । देवको प्रस्ताव नमान्दा आफ्नो सरुवा गरिएको भन्दै सचिव न्यौपानेले खुशी नै रहेको बताए ।
Comments
अरु समाचार
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...












