धनुषामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, पाँचथरमा जीप खस्दा २ जनाको ज्यान गयो
झापा, १३ माघ । धनुषामा यात्रु बाहक जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । काठमाडौंबाट यात्रु बोकेर झापा जाँदै गरेको बा ९ च ३३१४ नम्बरको जीप शनिबार बिहान २ः३० बजे तिर धनुषाको गणेशमान चारनाथ नगरपालिका-८ कमलापुलनजिकै दुर्घटना हुँदा ६ जनाको ज्यान गएको हो । दुर्घटनामा परी ४ जना घाइते भएका छन् ।
दुर्घटनामा संखुवासभाका नयाँराज जिमी, मोरङकी शारदा रेग्मी दाहाल र मोरङकै पह्लाह न्यौपानेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ । त्यसैगरी, खोटाङका ज्ञानबहादुर चौहान, मोरङका खेमकुमार रानामगर र पाँचथरकी प्रनिता राईको पनि दुर्घटनामा परी ज्यान गएको छ ।
४ जना घाइते भएका छन् । घाइतेमध्ये १ को अवस्था गम्भीर छ भने अन्य ३ जना साधारण उपचारपछि घर फर्केका छन् । गम्भीर घाइते १ जनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरी जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन । प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
पाँचथरमा पनि जीप खस्दा २ जनाको ज्यान गयोः
त्यसैगरी, पाँचथरको याङ्वरक गाउँपालिका–३ मा गएराति ११ बजे जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै ज्यान गएको छ । पाँचथरकै बारिबुङ्गबाट योयाङ्ग बजारतर्फ यात्रु लिएर जाँदै गरेको ग १ ज ६० ८५ नम्बरको जीप सडकबाट अन्दाजी ३ सय मिटर तल खस्दा ६ जना यात्रु घाइते भएका छन् ।
दुर्घटनामा याङ्वरक गाउपालिका–३ का १९ वर्षीय प्रवेश योङ्या र १६ वर्षीय सन्दीप योङयाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । दुर्घटनामा घाइते ६ जनालाई उपचारका लागि झापा पठाइएको प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












