भारतीय राजदूतको दिवा भोजमा नगएका केपी ओली दूतावासकै अर्को कार्यक्रममा राष्ट्रपति भण्डारीसँगै देखिए
काठमाडौं, १३ माघ । भारतको ६९ औँ गणतन्त्र दिवसका अवसरमा भारतीय राजदूतावासमा आयोजित दिवाभोज कार्यक्रममा एमाले अध्यक्ष केपी ओली अनुपस्थित भए । शुक्रबार मनाईएको गणतन्त्र दिवसकै दिन ओली पोखरा तर्फ हानिएका थिए । नेपालस्थित भारतीय राजदूतावासले आयोजना गरेको दिवा भोजमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुलाई आमन्त्रण गरिएको थियो ।
उक्त कार्यक्रममा एमाले अध्यक्ष ओली र राष्ट्रपति विद्यादेवी भण्डारी बाहेक प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल, नयाँ शक्ति पार्टी संयोजक डा. बाबुराम भट्टराई लगायत सहभागी थिए । तर त्यसको भोलीपल्ट अर्थात शनिवार भारतीय दूतावासले नै आयोजना गरेको कार्यक्रममा भने ओली र राष्ट्रपति भण्डारी सरिक भएका छन् ।
शुक्रबारको दिवा भोजमा नगएका ओलीलाई निकै अर्थपूर्ण रुपमा हेरिएको थियो । तर काठमाडौंको भद्रकालीस्थित आर्मी अफिर्स क्लवमा शनिबार आयोजित विशेष सांस्कृतिक कार्यक्रममा भने ओली सहभागी भएका हुन् ।
कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी पनि सहभागी भएको भारतीय रादूतावासको ट्वीटमार्फत सार्वजनिक गरिएको तस्बिरमा उल्लेख छ । ओलीले कार्यक्रम जुधेको भनेर शुक्रबारको कार्यक्रममा अनुपस्थिति जनाएका थिए । भारत विरोधीको रुपमा हेरिएका ओली नेपालका शीर्ष नेताहरु सम्मलित कार्यक्रममा नगएर छुट्टै कार्यक्रममा जानुले निकै अर्थपूर्ण तरिकाले हेरिएको छ ।
http://news-nepal.com/735172/
http://news-nepal.com/734972/
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











