‘भूमिगत’ नवराज सिलवालको अन्तर्वार्ताः मैले प्रहरीसँगै बसेर खाना खाए, कहाँ लुके ?
काठमाडौं, १४ माघ । प्रहरी महानिरीक्षक नियुक्तिसम्बन्धी मुद्दामा किर्ते कार्यसम्पादन गरेको अभियोगमा प्रहरीको खोजी सूचिमा रहेका पूर्व डीआइजी एवं ललितपुर १ का सांसद नवराज सिलवालले आफु काठमाडौंमै रहेको संकेत दिएका छन् ।
आइतवार नेपाल साप्ताहिकमा प्रकाशित अन्तर्वार्तामा सिलवालले माघ ९ गते एक जना पूर्वप्रहरी अधिकारीसँगै बसेर खाना खाएको दावी समेत गरेका छन् । प्रहरीले भने उनी विदेश रहेको भन्दै डिफ्यूजन नोटिश जारी गरेको छ ।
अन्तर्वाता भेटेर वा फोनमा ल्याइएको भन्ने खुलाइएको छैन । बरु भनिएको छ, ‘नेपालको सम्पर्कमा आएका सिलवालले लामो कुराकानी गरे ।’
१. सपथ कसरी लिनुहुन्छ त अब ?
सिलवालको जवाफ छ, ‘लिइहाल्छु । जनता, प्रहरीकै माझमा छु । मेरो प्रतिरोध भनेको यो अनुसन्धानको नियतीप्रति मात्रै हो ।’
२. अनि, किन लुक्नु भएको त ?
सिलवाल भन्छन, ‘कसरी लुकेँ ? हिजो ९ माघ (उनले अन्तर्वार्ता दिएभन्दा एक दिन अगाडि) मात्रै पूर्वप्रहरी अधिकृतसँगै बसेर खाना खाएँ । यति प्रहरी पठाए, उति पठाए नाटक मञचन गर्नेले मलाई देख्न सक्दैनन ।’ उनले प्रहरीको बहुसख्यकको भरोस आफुतर्फ रहेको दावी पनि गरेका छन् ।
३. प्रहरीभित्रैबाट सूचना चुहिएर तपाईं फेला नपरेको अबस्था पो रहेछ उसो भए ?
सिलवालको जवाफ छ, ‘प्रहरीका बहुसख्यकको मप्रति भरोसा छ । ’ उनले आफ्नो मुद्दामा प्रहरीले गर्ने अनुसन्धान निष्पक्ष नहुँने दावी गरेको छन् । उनले भनेका छन्, ‘प्रहरीको नेतृत्व नै मेरो विपक्षी भएकाले उसले गरेको अनुसन्धान निष्पक्ष र विश्वसनीय हुँदैन ।’
४. कसले गर्ने त ?
सिलवाल भन्छन, ‘अलग खालको निकायले गर्नुपर्छ । एकपक्षीय अनुसान्धान गरेर हुँदैन ।’ अन्तर्वार्तामा सिलवालले आइजीपी बनेको भए राजनीतिमा आउने अबस्थावारे आफुले नसोचेको पनि खुलाएका छन् । ‘अवकासपछि विश्वविद्यालयमा पढाउने योजना थियो । किताव लेख्छु, पढ्छु भन्ने सोच थियो । तर, परिस्थितिले राजनीतिमा हुत्यायो । आफ्नो क्षमता नयाँ प्लेटफर्ममा उपयोग गर्छु र मुलुकलाई योगदान गर्छु भन्ने मलाई विश्वास छ ।’
सिलवाले देउवाले आफुलाई मुद्दा फिर्ता लिए सुरक्षा सल्लाहकारको अफर पठाएको पनि दावी गरेका छन् । तत्कालीन प्रधानन्यायधीस सुशीला कार्की विरुद्ध महाअभियोग दर्ताका सूत्रधार देउवा रहेको सिलवालको भनाई छ । उनले देउवाले आफुमाथि प्रतिसोधको डन्डा चलाएको बताएका छन् ।
Comments
अरु समाचार
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...












