‘भूमिगत’ नवराज सिलवालको अन्तर्वार्ताः मैले प्रहरीसँगै बसेर खाना खाए, कहाँ लुके ?
काठमाडौं, १४ माघ । प्रहरी महानिरीक्षक नियुक्तिसम्बन्धी मुद्दामा किर्ते कार्यसम्पादन गरेको अभियोगमा प्रहरीको खोजी सूचिमा रहेका पूर्व डीआइजी एवं ललितपुर १ का सांसद नवराज सिलवालले आफु काठमाडौंमै रहेको संकेत दिएका छन् ।
आइतवार नेपाल साप्ताहिकमा प्रकाशित अन्तर्वार्तामा सिलवालले माघ ९ गते एक जना पूर्वप्रहरी अधिकारीसँगै बसेर खाना खाएको दावी समेत गरेका छन् । प्रहरीले भने उनी विदेश रहेको भन्दै डिफ्यूजन नोटिश जारी गरेको छ ।
अन्तर्वाता भेटेर वा फोनमा ल्याइएको भन्ने खुलाइएको छैन । बरु भनिएको छ, ‘नेपालको सम्पर्कमा आएका सिलवालले लामो कुराकानी गरे ।’
१. सपथ कसरी लिनुहुन्छ त अब ?
सिलवालको जवाफ छ, ‘लिइहाल्छु । जनता, प्रहरीकै माझमा छु । मेरो प्रतिरोध भनेको यो अनुसन्धानको नियतीप्रति मात्रै हो ।’
२. अनि, किन लुक्नु भएको त ?
सिलवाल भन्छन, ‘कसरी लुकेँ ? हिजो ९ माघ (उनले अन्तर्वार्ता दिएभन्दा एक दिन अगाडि) मात्रै पूर्वप्रहरी अधिकृतसँगै बसेर खाना खाएँ । यति प्रहरी पठाए, उति पठाए नाटक मञचन गर्नेले मलाई देख्न सक्दैनन ।’ उनले प्रहरीको बहुसख्यकको भरोस आफुतर्फ रहेको दावी पनि गरेका छन् ।
३. प्रहरीभित्रैबाट सूचना चुहिएर तपाईं फेला नपरेको अबस्था पो रहेछ उसो भए ?
सिलवालको जवाफ छ, ‘प्रहरीका बहुसख्यकको मप्रति भरोसा छ । ’ उनले आफ्नो मुद्दामा प्रहरीले गर्ने अनुसन्धान निष्पक्ष नहुँने दावी गरेको छन् । उनले भनेका छन्, ‘प्रहरीको नेतृत्व नै मेरो विपक्षी भएकाले उसले गरेको अनुसन्धान निष्पक्ष र विश्वसनीय हुँदैन ।’
४. कसले गर्ने त ?
सिलवाल भन्छन, ‘अलग खालको निकायले गर्नुपर्छ । एकपक्षीय अनुसान्धान गरेर हुँदैन ।’ अन्तर्वार्तामा सिलवालले आइजीपी बनेको भए राजनीतिमा आउने अबस्थावारे आफुले नसोचेको पनि खुलाएका छन् । ‘अवकासपछि विश्वविद्यालयमा पढाउने योजना थियो । किताव लेख्छु, पढ्छु भन्ने सोच थियो । तर, परिस्थितिले राजनीतिमा हुत्यायो । आफ्नो क्षमता नयाँ प्लेटफर्ममा उपयोग गर्छु र मुलुकलाई योगदान गर्छु भन्ने मलाई विश्वास छ ।’
सिलवाले देउवाले आफुलाई मुद्दा फिर्ता लिए सुरक्षा सल्लाहकारको अफर पठाएको पनि दावी गरेका छन् । तत्कालीन प्रधानन्यायधीस सुशीला कार्की विरुद्ध महाअभियोग दर्ताका सूत्रधार देउवा रहेको सिलवालको भनाई छ । उनले देउवाले आफुमाथि प्रतिसोधको डन्डा चलाएको बताएका छन् ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












