ओलीले प्रचण्डलाई भने, ‘पार्टी अध्यक्ष को बन्नेभन्दा पनि देश कसरी हाक्ने त्यो सोच्नुहोस्’
काठमाडौं, १४ माघ । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच ४ घण्टा लामो छलफल भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच पार्टी एकता, मुख्यमन्त्री लगायतका पद बाँडफाँडका विषयमा ४ घण्टा लामो सघन छलफल भएको हो । ललितपुरमा भएको दुई नेताबीचको छलफल सकारात्मक भएको तर कुनै सहमति चाही नभएको एक नेताले बताए ।
आजको अध्यक्षद्वयबीचको छलफल निकै सकारात्मक भएको ती नेताले बताए । धेरै विषयमा मोटामोटी सहमति भएको र वाँकी विषयमा छलफल चलाउँदै एकतालाई निष्कर्षमा पुर्याउन थप गृहकार्य गरेर अन्तिम निर्णयमा पुग्ने सहमति भएको जनाईएको छ । पार्टी अध्यक्ष वा कुनै पदमा केन्द्रित भएर भन्दा पनि समग्र विषयमा ओलीले आफ्नो योजना सुनाएको जनाईएको छ ।
ओलीको मार्गचित्रमा प्रचण्डले सकारात्मक प्रतिक्रिया दिएको र पार्टी एकता नहुने भनेर पछिल्लो समयमा चलेका हल्ला तथा आशंकाहरु अन्त्य भएको दावी गरिएको छ । यद्यपि दुवै नेताका तर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।
प्रचण्डले सरकार गठनअघि नै पार्टी एकता हुनुपर्ने अभिव्यक्ति दिइसकेका छन् । त्यसबाट उनको चाहना भनेको एकीकृत पार्टीको अध्यक्ष हुने हो । सरकार गठनअघि पार्टी एकता गर्ने कुराले ओलीमाथि दबाव पर्ने माओवादीको ठम्याई हो । तर, ओली भने सहजै प्रचण्डलाई अध्यक्ष हस्तान्तरण गरेर पार्टी एकता गर्ने पक्षमा छैनन् ।
उनले प्रचण्डलाई सहअध्यक्षमा मनाएर आफू सरकारमा गएपछि कार्यवाहक अध्यक्ष दिने विकल्प सुझाएको चर्चा एमाले वृत्तमा चलेको छ । पार्टी एकता प्रक्रियामा अन्योल बढेपछि दुई नेता शुक्रबारदेखि एक्लाएक्लै सघन छलफलमा जुटेका थिए ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











