कञ्चनपुरमा भारतीयले फेरी गर्यो अर्को हस्तक्षेप, सडक फराकिलो बनाउँदा अवरोध
कञ्चनपुर, १५ माघ । नेपाली भूमीमै बाटो फराकिलो बनाउँदा भारतीय प्रहरीले हस्तक्षेप गरेको छ । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० सडकघाटमा नेपाली भूमिकै सडक फराकिलो बनाउन खोज्दा भारतीय भारतीय सीमा सुरक्षा बल (एसएसवी) ले रोकेको हो ।
बेलौरी नगरपालिकाबाट विनियोजित बजेटले भारतीय सीमा क्षेत्रसम्म जोड्ने गरी सडक निर्माणका क्रममा नेपालीहरुले खेतिबाली लगाउँदै आएको दर्ता जमिनमा बाटो फराकिलो बनाउन खोज्दा भारतीय एसएसवीले राखेको स्थानीय विवेक लम्सालले जानकारी दिए ।
वषौँ देखि प्रयोग गर्दै आएको नेपाली भूमिलाई आफुहरुले जस्तोसुकै प्रयोजनका लागि प्रयोग गरेपनि भारतीय पक्षले चाँसो देखाउनु भारतको नांगो हस्तक्षेप भएको उनको भनाई छ । नेपाली भूमिकै सडक फराकिलो बनाउँदा भारतीय पक्षले अवरोध पुर्याउनु र नेपाली प्रशासन मुखदर्शक बनेको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।
भारतीय पक्षले आफुहरुलाई सधैँ यसरी नै हेपाहा प्रवृति देखाउने गरेको प्रति स्थानीयले आक्रोश पोखेका छन् । यसैबीच भारतीय सुरक्षा निकाय एसएसबीका प्रहरी निरीक्षक एस के सिंह, सशस्त्र प्रहरी बल बेलौरीका प्रहरी निरीक्षक भिम सिंह थापा, भुडा प्रहरी चौकीका इन्चार्ज हरि प्रसाद भट्ट, पत्रकारहरुसहित केही स्थानीय नागरीकहरुबीच उक्त विषयलाई लिएर अहिले ठूलो विवाद निम्तिन नदिने पक्षमा छलफल भएको छ ।
भारतीय सुरक्षा एसएसबीले दशगजा क्षेत्र भित्रको जमिनलाई एकतर्फी प्रयोग गरी नयाँ संरचना वा बाटो फराकिलो बनाउन नदिने अडान राखेपछि नेपाली पक्ष पनि आक्रोशित भएको थियो । भारतीय पक्षले सीमा स्तम्भ नम्बर ३२ र ३३ मा सीमा स्तम्भ नाघेर नेपाली पक्षले खेती लगाएको आरोप लगाएको छ भने अहिले विवादित सीमा स्तम्भ नम्बर ३४ नजिक भारतीय पक्षले नेपाली भूमि मिचेको आरोप लगाएका छन् ।
सीमा सर्भे टोलीले केही महिनामै उक्त क्षेत्रको वास्तविक सीमा जाँच गरी टुंगो लगाउने र त्यतिबेला सम्म विवाद बढाउन नदिने विषयमा दुई देशका अधिकारीहरुबीच मौखिक समझदारी भएको छ । यस्तै विवादले गत फाल्गुन २६ गते कञ्चनपुर कै पुनर्वासमा स्थानीय गोविन्द गौतमले ज्यान गुमाउनु परेको थियो । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, रासस
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












