कञ्चनपुरमा भारतीयले फेरी गर्यो अर्को हस्तक्षेप, सडक फराकिलो बनाउँदा अवरोध
कञ्चनपुर, १५ माघ । नेपाली भूमीमै बाटो फराकिलो बनाउँदा भारतीय प्रहरीले हस्तक्षेप गरेको छ । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० सडकघाटमा नेपाली भूमिकै सडक फराकिलो बनाउन खोज्दा भारतीय भारतीय सीमा सुरक्षा बल (एसएसवी) ले रोकेको हो ।
बेलौरी नगरपालिकाबाट विनियोजित बजेटले भारतीय सीमा क्षेत्रसम्म जोड्ने गरी सडक निर्माणका क्रममा नेपालीहरुले खेतिबाली लगाउँदै आएको दर्ता जमिनमा बाटो फराकिलो बनाउन खोज्दा भारतीय एसएसवीले राखेको स्थानीय विवेक लम्सालले जानकारी दिए ।
वषौँ देखि प्रयोग गर्दै आएको नेपाली भूमिलाई आफुहरुले जस्तोसुकै प्रयोजनका लागि प्रयोग गरेपनि भारतीय पक्षले चाँसो देखाउनु भारतको नांगो हस्तक्षेप भएको उनको भनाई छ । नेपाली भूमिकै सडक फराकिलो बनाउँदा भारतीय पक्षले अवरोध पुर्याउनु र नेपाली प्रशासन मुखदर्शक बनेको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।
भारतीय पक्षले आफुहरुलाई सधैँ यसरी नै हेपाहा प्रवृति देखाउने गरेको प्रति स्थानीयले आक्रोश पोखेका छन् । यसैबीच भारतीय सुरक्षा निकाय एसएसबीका प्रहरी निरीक्षक एस के सिंह, सशस्त्र प्रहरी बल बेलौरीका प्रहरी निरीक्षक भिम सिंह थापा, भुडा प्रहरी चौकीका इन्चार्ज हरि प्रसाद भट्ट, पत्रकारहरुसहित केही स्थानीय नागरीकहरुबीच उक्त विषयलाई लिएर अहिले ठूलो विवाद निम्तिन नदिने पक्षमा छलफल भएको छ ।
भारतीय सुरक्षा एसएसबीले दशगजा क्षेत्र भित्रको जमिनलाई एकतर्फी प्रयोग गरी नयाँ संरचना वा बाटो फराकिलो बनाउन नदिने अडान राखेपछि नेपाली पक्ष पनि आक्रोशित भएको थियो । भारतीय पक्षले सीमा स्तम्भ नम्बर ३२ र ३३ मा सीमा स्तम्भ नाघेर नेपाली पक्षले खेती लगाएको आरोप लगाएको छ भने अहिले विवादित सीमा स्तम्भ नम्बर ३४ नजिक भारतीय पक्षले नेपाली भूमि मिचेको आरोप लगाएका छन् ।
सीमा सर्भे टोलीले केही महिनामै उक्त क्षेत्रको वास्तविक सीमा जाँच गरी टुंगो लगाउने र त्यतिबेला सम्म विवाद बढाउन नदिने विषयमा दुई देशका अधिकारीहरुबीच मौखिक समझदारी भएको छ । यस्तै विवादले गत फाल्गुन २६ गते कञ्चनपुर कै पुनर्वासमा स्थानीय गोविन्द गौतमले ज्यान गुमाउनु परेको थियो । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, रासस
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












