केपी ओलीले उद्योगीलाई भने, ‘लुकाएर राखेको कालो धन बाहिर ल्याउनुहोस्’
काठमाडौं, १५ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्रोत नखुलेको सम्पत्ति सार्वजनिक गर्न दिने संकेत गरेका छन् । भावी प्रधानमन्त्रीका रुपमा हेरिएका ओलीले मनी लाउण्डरिङ (सम्पत्ति शुद्धीकरण) सम्बन्धी नीतिमा परिर्वतन गर्न सक्ने गरेका हुन् । आफ्नो नेतृत्वमा नयाँ बन्ने सरकारले यस विषयमा गम्भिर रुपले छलफल गर्ने बताए ।
एकपटकका लागि अण्डरग्राउण्ड मनीलाई शुद्धीकरण गरेर लगानीमा लाउन सकिनेबारे सोच्नुपर्ने बताए । नेपाल चेम्बर अफ कमर्सका नवनिर्वाचित पदाधिकारीहरुलाई सोमबार पार्टी कार्यालय धुम्बाराहीमा सम्बोधन गर्दै भावी ओलीले उद्योगीहरुको मागअनुसार एकपटकका लागि स्रोत नखुलेको सम्पत्ति सार्वजनिक गर्न दिने संकेत गरेका हुन् ।
सम्पत्ति शुद्धीकरणका सम्बन्धमा हाल नेपाल सरकारले लिइरहेको नीति ‘मुसा निस्कने दुलामा साँचो थापे जस्तो’ मात्रै भएको ओलीको प्रतिक्रिया छ । अहिलेको नीति मुसो निस्किने दुलामा साँचो थापेर बसेजस्तो भएको र यसले लुकेको पैसा बाहिर नआउने तर्क गर्दै ओलीले भने, ‘मनी लाउन्डरिङ भनेको जसले पैसा निकाल्छ, त्यसलाई समाउने मात्रै होइन, यो लाउन्डरिङ नै भएन ।’
ओलीको प्रश्न छ, ‘लगानीलाई लाउन्डरिङ मान्ने कि नमान्ने ? लाउन्डरिङको नयाँ परिभाषा के हो ? यदि हुँदैहुँदैन भने यो शब्द फेरिदिऊँ ।’ उद्योगीहरुसामू रहेको अण्डरग्राउण्ड मनी बाहिर ल्याउन सुधार गर्नुपर्छ कि भन्दै एमाले अध्यक्ष ओलीले अगाडि भने, ‘लुकेको पैसा इन्भेस्टमेन्टमा लाग्न सकोस् । आइडल बसेकाले रोजगारी सिर्जना गर्न सकोस् । यसमा अलिकति सोच्नु पर्ला कि ?’
एमाले अध्यक्ष ओलीले एउटा निश्चित समय सीमा दिएर सम्पत्ति अभिलेखीकरण गर्न दिने संकेत गरेका छन् । ओलीले भने, ‘एउटा कट अफ प्वाइन्ट मानेर अण्डरग्राण्ड मनीलाई शुद्धीकरण हुन दिने र सरकारले कर लिने कि ? नत्र कोही क्यासिनोमा जान्छ ।’ नेपालका उद्योगी व्यवसायीहरुले एकपटकका लागि आफ्नो सम्पत्ति अभिलेखीकरण गर्न दिनुपर्ने माग गर्दै आएका छन् । यसका लागि पटकपटक लबिङ पनि भएको थियो ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












