बेदुरामले बादललाई जिताउन उम्मेदवारी फिर्ता नलिएको भए पार्टी एकता भाँडिने
काठमाडौं, १५ माघ । एमाले नेता बेदुराम भुसालले राष्ट्रियसभा सदस्यमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् । एमालेले भुसाललाई प्रदेश ३ को खुला कोटाबाट राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाएको थियो । खुला सदस्यमा एमालेबाट बलराम बास्कोटा र बेदुराम भुसाल उम्मेदवार छन् भने माओवादीबाट रामबहादुर थापा वादल उम्मेदवार छन् ।
प्राथमिकता क्रममा एक नम्बरमा बास्कोटा, २ नम्बरमा बादल र तेस्रो नम्बरमा भुसाल थिए । तर, नेमकिपा लगायतका साना दलले समर्थन नगरेपछि तीनमध्ये २ सिट मात्र वाम गठबन्धनले जित्न सक्ने देखिएको छ ।
त्यस्तो अवस्थामा एमालेको भोट वादललाई नआउने र उनले चुनाव हार्न सक्ने भन्दै माओवादी झस्किएपछि एमाले र माओवादी शीर्ष नेताहरुको बैठक सोमबार बसेको थियो, जहाँ भुसालको उम्मेदवारी फिर्ता लिने सहमति भएको छ ।
त्यही सहमति अनुसार भुसालले उम्मेदवारी फिर्ता लिएका हुन् । ‘बादलजीलाई अप्ठ्यारो पर्ने र त्यसले पार्टी एकतामै असर गर्न सक्ने कुरा आयो’ भुसालले भने, ‘पार्टी एकतामा नै अप्ठ्यारो पर्छ भने म त्याग गर्न तयार छु भनेर फिर्ता लिएँ ।’
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












