‘तैँले आजकल मान्छेलाई गन्न छाडेछस्’ भन्दै गाउँपालिका अध्यक्षलाई मार्ने धम्की
नवलपरासी, १६ माघ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष दीपक गुप्तालाई पटक पटक टेलिफोनमार्फत ज्यान मार्ने धम्की आएको छ । एक सातादेखि पटक पटक बेलुकाको समयमा अज्ञात नम्बरबाट फोन गरेर गोली हानी मार्ने धम्की दिने गरेको उनले बताए ।
बेलुकाको समयमा फोनमा धम्की दिने व्यक्तिको स्वर एउटै भएको समेत गुप्ताको भनाइ छ । पैसाका लागि धम्की दिएको हुन सक्ने ठानेर सोध्दा ‘तैँले आजकल मान्छेलाई गन्न छाडेको छस् त्यहीँ भएर गोली हानेर मार्छु भन्दै धम्की दिने गरेको र गाउँपालिकाको कार्यक्रममा हिँड्दासमेत त्रस्त भएर हिँड्नुपरेको छ’ गुप्ताले भने ।
बारम्बार धम्की आउने फोनको नम्बर देखिँदैन । फोन आउँदा नम्बरको ठाउँमा ‘प्राइभेट’ लेखिएको अक्षरमात्र आउने गरेको र अध्यक्ष भएपछि अरुलाई नटेरी मनोमानी काम गरेको आरोप लगाउँदै गोली हानेर मार्ने धम्की दिइने गरेको गुप्ताले जानकारी दिए ।
जुनसुकै बेला पनि गोली हान्न सक्छु भनेर फोन आउने गरेकाले आफू मानसिक तनावमा रहेको र धम्कीबारे सुरक्षा निकायमा जानकारी गराए पनि अहिलेसम्म कसैको पहिचान हुन नसकेको गुप्ताको भनाइ छ । नेकपा माओवादी केन्द्रको तर्फबाट विजयी गुप्ताको घर सीमावर्ती पाल्हिनन्दन गाउँपालिका–३ मा पर्छ । रासस
Comments
अरु समाचार
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...












