बानेश्वर चोकमा जुत्ता पालिस गरेर कांग्रेस नेताले १ घण्टामा कमाए ३० हजार
काठमाडौं, १६ माघ । बानेश्वरको सडकमा सर्वसाधारणको जुत्ता पासिल गरेर कांग्रेस नेताहरुले ३० हजार आम्दानी गरेका छन् । राजनीतिक फोहोर सफा गर्ने भन्दै मंगलबार बिहानै सडकमा सर्वसाधारणका जुत्ता पालिस गरेका कांग्रेस नेताहरुले दुई घण्टामै ३० हजार रुपैयाँ आम्दानी गरेका हुन् ।
राजनीति शुद्धीकरण अभियानका लागि भन्दै कांग्रेस युवा नेताहरु धनराज गुरुङ, चन्द्र भण्डारी लगायतकाले मंगलबार बिहान नयाँ बानेश्वर सडकमा हिडिरहेका पैदलयात्रीहरुका जुत्ता पालिस गरेका थिए । जुत्ता पालिस गर्दा उनीहरुले कुनै शुःल्क नतोकेपनि आफूखुसी उनीहरूले नै पैसा दिएका थिए ।
कृष्णप्रसाद भट्टराई प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा उनीहरुले सर्वसाधारणको जुत्ता पालिस गरेका हुन् । मंगलबार बिहान १० देखि ११ बजेसम्म सर्वसाधारणका जुत्ता पालिस गरे। ‘हामी सधैँ जुत्तामा पालिस गर्ने जस्ता थिएनौं, सुरुमा हामीलाई देखेर मान्छे अलमलिए। पछि ब्यानर पढेपछि मात्र खुट्टा दिए,’ जुत्ता पालिस गर्नेमध्येका एक नेता धनराज गुरुङले भने, ‘ हामीले पैसा तोकेका थिएनौं आफूखुसी उनीहरूले नै पैसा दिए।’
त्यसमध्ये किसुनजीले सधैँ चिया खाने गरेको चिया पसल लक्ष्मी दिदीले २ हजार रुपैयाँ दिएकी थिइन्। पूर्वराज्यमन्त्री एंव कांग्रेस नेता राजेन्द्र खरेलले जुत्ता पालिस गरेवापत् पाँच हजार रूपैयाँ दिए। ‘कसैले १०० पनि दिनु भयो कसैले हजार पनि दिनुभयो,’ गुरूङले भने।
एक घन्टा जुत्ता पालिस गर्दा उनीहरूले ३० हजार रुपैँया कमाएको सर्वसाधारणको जुत्ता चम्काएका कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले जानकारी दिए । ‘राजनीतिमा भएको भ्रष्टीकरणलाई व्यंग्य गर्दै हामीले किसुनजीको सन्देशअनुसार जुत्ता पालिस गर्ने कार्यक्रम राखेका हौँ। श्रमको सम्मान गर्नुपर्छ भन्ने सन्देश पनि जाओस भन्ने हो,’ भण्डारीले भने, ‘ सहिद दिवसकै दिन पारेर किसुनजी जस्ता अग्रज भएको हाम्रो पार्टी अहिले सही दिशामा छैन त्यसमा सुधार आवश्यक छ। नैतिकताको राजनीति आवश्यक छ भन्ने सन्देश दिन खोजेका हौँ।’
कांग्रेसका नेता धनराज गुरुङ, चन्द्र भण्डारी, राधेश्याम अधिकारी, विनोद भट्टराई लगायतले सडकमा बसेर सर्वसाधारणका जुत्ता पालिस गरेका थिए। जम्मा भएको पैसा प्रतिष्ठानको कोषमा जम्मा हुने भण्डारीले जानकारी दिए।
http://news-nepal.com/737012/
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











