भारतकै राष्ट्रपति जान नपाउने गर्भगृहमा पुग्दैछन् ज्ञानेन्द्र, ‘राजा’कै रुपमा भव्य स्वागत
काठमाडौं, १७ माघ । पूर्व राजा ज्ञानेन्द्र शाहलाई भारतमा उच्च सम्मानका साथ भव्य स्वागत गरिने भएको छ । गोबर्धन मठ जगन्नाथपुरी उडिसाका एक सय ४५ औं शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले जिम्मेवारी सम्हालेको २५ औं बर्षको अवसरमा आयोजित अभिषेक कार्यक्रममा ज्ञानेन्द्रलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएकाको छ ।
प्रमुख आतिथ्यलाई ग्रहण गर्दै ज्ञानेन्द्र माघ २२ गते (सोमबार) भारत प्रस्थान गर्न लागेका छन् । माघ २६ र २७ गते पुरीमा आयोजना गरिने विशेष समारोहमा सहभागिताका लागि ज्ञानेन्द्र शाहलाई नेपालका राजाको रुपमा विशेष आमन्त्रण गरिएको छ ।
समारोहमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पनि सहभागिता रहने बताइएको छ । त्यस अवसरमा ज्ञोनन्द्र शाहबाट जगन्नाथ मन्दिरको गर्भगृहमै पुगेर पूजाअर्चना हुने कार्यक्रम छ । स्मरणीय छ, उक्त गर्भगृहसम्म पुगेर पूजा गर्ने अवसर नेपालका राजाबाहेक कसैलाई पनि उपलब्ध हुनेछैन । भारतकै राष्ट्रपति समेत गर्भगृहमा जान पाउने छैनन् ।
यसअघि तत्कालिक राजा वीरेन्द्र शाहबाट गर्भगृहसम्म पुगेर पूजाआजा गर्ने कार्य भएको थियो । तीन दशकपछि ज्ञानेन्द्र शाहले उक्त अवसर पाएका छन् । उनलाई पूर्व श्री ५ नभइ श्री ५ महाराजधिराजका रुपमा सम्बोधन गरी निमन्त्रणा पठाइएको र स्वागतसत्कार पनि श्री ५ महाराजधिराजकै रुपमा गरिने बुझिएको छ ।
उनीबाट पुरीमा स्थापना गरिएको गौशालाको उद्घाटन हुने कार्यक्रम छ । उनले गोपीनाथ मन्दिर पुगी स्त्यावतीको पूजा पनि गर्नेछन् । माघ २२ गते शाह कलकत्ता भएर उडिसा जाने र यस यात्रामा पूर्व रानी कोमल शाहको सहभागिता नरहने बताइएको छ ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












