गणतन्त्र दिवसमा जेलबाट छुटेका भोजबहादुर लुटपाट आरोपमा फेरी पक्राउ
काठमाडौं, १७ माघ । सरकारले गणतन्त्र दिवसको अवसर पारेर जेलबाट रिहा गरेका एक जना फेरी पक्राउ परेका छन् । गत जेठ १४ गते ‘आचरण सुधार गरेका’ भन्दै जेलबाट छुटेका रामेछाप दोरोम्बाका भोजबहादुर थापा मगर फेरी पक्राउ परेका हुन् । डाँका तथा चोरी मुद्दामा जेल परेका भोजबहादुर फेरी पनि चोरीको आरोपमा पक्राउ परेका हुन् ।
भोजबहादुरको समूहले ९ माघमा भक्तपुरको सूर्यविनायक–८, गणेश चोकमा रहेको मनोहर बस्नेतको घरमा चोरी गरेका थिए । अनुसन्धानका क्रममा प्रहरीले भोजबहादरसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ भने तीन जना फरार छन् ।
पक्राउ पर्नेमा भोजबहादुरसँगै सिन्धुलीको मरिन–८ का ४० वर्षीय मिलन भनिने रत्नाबहादुर तामाङ, काभ्रेको धुलिखेल–१ का २६ वर्षीय विष्णु भनिने अमृत तामाङ र काभ्रेको घुलिखेल–१० का २७ वर्षीय सानुकान्छा ब्लोन छन् । पक्राउ परेकाहरुको साथबाट ६ तोला पगालेको सुनको डिक्का, बा ८३ प ३७७३ नम्बरको एफजेड मोटरसाइकल, एक थान मोबाइल लगायत बरामद गरिएको छ ।
परिवारका सबैलाई बन्धक बनाएर गरे चोरीः
भोजबहादुरको समूहले ९ माघमा नजिक खाजा खाँदै बसेर बस्नेतको घरेको ‘रेकी’ गरेको थियो । उनीहरु बस्नेतको घरमा डेरा गरी बस्दै आएका रामबहादुर तामाङको कोठामा चोरी गर्न उपयुक्त समयको प्रतीक्षामा थिए । जब बिहानको २ बज्यो, उनीहरुको समूह पेस्तोल र खुकुरीसहित तामाङको कोठामा छिर्यो ।
हतियार देखाएर कसैले आवाज निकालेमा ज्यान मार्ने त्रास देखाए । त्यतिमा मात्रै उनीहरु सीमित रहेनन्, परिवारमा भएका सदस्यको हात, खुट्टा डोरीले बाँधे । सबैलाई बन्धक बनाइसकेर उनीहरुले १६ लाख रुपैयाँ बढीको नगद, सुनका गरगहना लगायत लुटे ।
भाग्ने क्रममा घरमा पार्किङ गरेको बा ८५ प ७८५० नम्बरको मोटरसाइकल लिएर भागे । पीडितको उजुरीका आधारमा प्रहरीले डकैतीमा संलग्नहरुलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...











