डोनाल्ड ट्रम्पको डीभी बन्द गर्ने नयाँ नीतिले नेपालीको ‘अमेरिकी सपना’ चकनाचुर
काठमाडौं, १८ माघ । डीभी भरेर अमेरिका जाने योजनामा रहेका नेपालीलाई ठूलो झट्का लाग्ने भएको छ । विगत लामो समयदेखि अमेरिकाले खोल्दै आएको डीभी भिसा बन्द गर्ने र पारिवारिक सदस्यलाई प्रायोजन गरी अमेरिका लैजान पाउने नीतिलाई कडाइ गर्ने घोषणा गरेको छ ।
जसले गर्दा नेपालीसहित विश्वका धेरै देशलाई ठूलो झट्का लागेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डीभी भिसा बन्द गर्ने र पारिवारिक सदस्यलाई प्रायोजन गरी अमेरिका लैजान पाउने नीतिलाई कडाइ गर्ने घोषणा गरेसँगै यसको सबैभन्दा ठूलो असर नेपालीलाई पर्ने देखिएको छ ।
ट्रम्पले हालै स्टेट अफ दि युनियनमा सम्बोधन गर्दै डीभी भिसा बन्द गरी योग्यता र क्षमताका आधारमा विदेशीलाई अमेरिकामा अवसर दिने नीति ल्याइने घोषणा गरेका छन् । यस्तै डीभी परेर अमेरिकी नागरिक बनिसकेका आप्रवासीहरुले आफ्नो परिवारको सदस्यलाई प्रायोजन गरेर अमेरिका लैजाने नीतिलाई पनि कडाई गर्ने बताएका छन् । अब श्रीमानरश्रीमती वा नाबालकलाई मात्र स्पोन्सर गरेर अमेरिका लैजान पाइने छ ।
पछिल्ला वर्षहरुमा ईडीभी भिसा प्राप्त गर्ने देशहरुको सूचीमा नेपाली पहिलो स्थानमा रहँदै आएका थिए । हरेक वर्ष ५० हजारलाई डीभी पर्ने गरेकामा नेपालीको संख्या औसतमा वार्षिक ४ हजार हाराहारी रहँदै आएको छ ।
सन् २०१२ देखि १७ को पाँच वर्षे अवधिमा १६ हजार ७ सय ५५ जना नेपाली डीभी भिसामार्फत् अमेरिका गएको अमेरिकी सरकारको तथ्याङ्कमा उल्लेख छ । सन् २०१७ मा मात्र ३ हजार ४ सय नेपाली यो भिसा प्राप्त गरी अमेरिका गएका छन् ।
यतिबेला सन् २०१९ को डीभी भिसा आवेदन गरी हजारौं नेपालीहरु नतिजाको पखाईमा छन् । ट्रम्प प्रशासनले अमेरिकी कंग्रेसमा डीभी चिठ्ठा प्रणाली बन्द गर्ने विधेयक पेस गरिसकेको छ । यो विधेयक पारित भएमा अब डीभी भिसा आवेदन सधैंका लागि बन्द हुनेछ ।
यसले बिना कुनै विशेष सीप चिठ्ठाका आधारमा अमेरिकी भिसा, ग्रिनकार्ड हुँदै अमेरिकी नागरिकता प्राप्त गर्ने नेपालीहरुको ‘अमेरिकी सपना’मा पूर्णविराम लाग्ने छ ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












