१४ वर्षीया अपाङ्ग बालिका बलात्कार गरेर ७२ वर्षे बृद्ध हाफपाइन्टमै फरार !
धादिङ, १८ माघ । धादिङमा एक बोल्न नसक्ने १४ वर्षीया बालिकालाई ७२ वर्षे वृद्धले बलात्कार गरेका छन् ।पत्याउनै नसकिने ‘वनले आइज’ भन्ने उमेरका बृद्धले धादिङको गजुरीमा बोल्न नसक्ने अपाङ्ग बालिकालाई बलात्कार गरेर फरार भएका हुन् । बालिकाको घरैमा पसेर बलात्कार गरेपछि उनी हाफपाइन्ट लगाएर फरार भएका छन् ।
बलात्कारी वृद्धको खोजी भइरहेको इलाका प्रहरी कार्यालय, गजुरीका प्रमुख इन्स्पेक्टर सञ्जय तिमिल्सिनाले जानकारी दिए । ‘प्रतिवादी फरार छन्, हामीले अनुसन्धानपछि मुद्दा चलाइसकेका छौं’, तिमिल्सिनाले भने, ‘उनी जान सक्ने हरेक ठाउँहरुमा खोजी गरिसकेका छौं । उनी हाफपाइन्ट र सर्टमात्रै लाएर मोबाइलसमेत नलिई बेपत्ता भएकाले भेट्न गाह्रो भइरहेको छ ।’
आफ्ना परिवारजनसँग पनि ती वृद्ध सम्पर्कमा नरहेको प्रहरी निरीक्षक तिमिल्सिनाले बताए । घरमा कोही नभएको मौका छोपी ती बृद्धले घरभित्रै पसेर बालिका बलात्कार गरेका हुन् । गरिव परिवारकी ती बालिकाका बुवाले बलात्कार गर्ने बृद्धलाई रंगेहात फेला पारेका थिए । तर उनी घरभित्रैबाट भाग्न सफल भए ।
यसरी भयो घटनाः
उनले घरमा कोही नभएको मौका छोपी जबरजस्तीकरणी गरे । बौद्धिक अपाङ्ग भएकी ती बालिका उनका अगाडि निरीह भईन् । त्यसै क्रममा पीडित बालिकका बुबा त्यहाँ आइपुगे । तर, सोझा ती बुबाले के गर्ने कसो गर्ने कुनै मेसो पाएनन् ।
छरछिमेकलाई बोलाउने भन्दै उनी ती वृद्धलाई घरमा थुनेर बाहिर निस्किए । तर, विडम्वना, पीडितका बुबा बाहिर निस्किएका बेला उनी घरको कमजोर छिस्किनी खोलेर बाहिर निस्किन सफल भए ।
‘मैले थुनेर आएको छु भनेर ढुक्क भएर छरछिमेकलाई बोलाउन गएँ’, पीडित बालिकका बुबाले भने, ‘तर, कमजोर छिस्किनी तोडेर उ त भागिसकेछ ।’ घटनालगत्तै उनले इलाका प्रहरी कार्यालय, गजुरीमा किटानी जाहेरी दिए । प्रहरीले जबरजस्ती करणी अन्तरगत मुद्दा चलाएको छ । तर, अहिलेसम्म पीडक फेला पर्न सकेका छैनन् ।
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












