भूतपूर्व असईको घरमा जुवा खेलिरहेका ६ जुवाडे ३३ लाखसहित पक्राउ

सुर्खेत, १८ माघ । सुर्खेत प्रहरीले ३३ लाखसहित ६ जना जुवाडेलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले गणेशचोकमा जुवा खेल्दै गरेका वीरेन्द्रनगर–१ बाङ्गेसिमलका ज्ञानेन्द्रबहादुर विश्वकर्मा, वीरेन्द्रनगर–३ का टीका वली तथा ज्ञानेन्द्र नेपाली, वीरेन्द्रनगर–६ का दुर्गाप्रसाद सापकोटा तथा भद्रबहादुर क्षेत्री र सवीर मियाँलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीका अनुसार गणेशचोकस्थित नेपाल प्रहरीका भूतपूर्व असई भद्रबहादुर क्षेत्रीको घरमा जुवा खेलिरहेको अवस्थामा ६ लाख ४९ हजार ५६० नगद र २६ लाख ७५ हजारका चेकसहित उनीहरू पक्राउ परेका हुन् ।
प्रहरीले जुवाको खालबाट २६ लाख ७५ हजारको चेक पनि बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीका अनुसार कबाडीको ठेक्कापट्टा गर्ने बाराका सवीर मियाँको नाममा काटिएको गणेशजल सहकारीको १० हजार र दुर्गाप्रसाद सापकोटाका नाममा काटिएका चार वटा चेक बरामद भएका छन् ।
सापकोटाका नामका ग्लोवल आइएमई बैंकको रु पाँच लाख, नेपाल इन्भेष्टमेन्ट बैंकको १०–१० लाखका दुई चेक र सानिमा बैंकको एक लाख ६५ हजारको चेक बरामद गरिएको प्रनाउ चौधरीले जानकारी दिए ।
। ‘ठाउँ परिवर्तन गर्दै खेल्ने गरेको सूचना हामीलाई प्राप्त भएको थियो’, प्रहरी निरीक्षक शंकर श्रेष्ठले भने, ‘निरन्तरको मेहनतपछि पक्राउ गर्न सफल भयौँ ।’ प्रहरीका अनुसार यो समूह जुवा खेल्नका लागि वीरेन्द्रनगर नजिकैको जंगलमा पनि पुग्ने गरेको थियो ।
केही दिनअघि उत्तरी जलाधार क्षेत्रभित्रको जंगलमा जुवा खेलिरहेको सूचना पाएपछि गएको प्रहरी टोलीले तास र मदिरामात्रै फेला पारेर फर्केको थियो । ‘हामी नपुग्दै उनीहरुसम्म सूचना पुगिसक्ने भएकाले पक्राउ गर्न सकिरहेका थिएनौँ’, प्रहरी निरीक्षक श्रेष्ठले भन्नुभयो, ‘यो पटक भने सफलता हात पर्यो ।’ रासस
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











