सुष्मा स्वराजको नेपाल भ्रमण कतै कांग्रेस, माओवादी र मधेसवादीको सरकार बनाउन त हैन् ?
काठमाडौं, १८ माघ । भारतीय विदेशमन्त्री सुस्मा स्वराज दुई दिने भ्रमणका लागि काठमाडौं पुगेकी छन् । खासै कुनै एजेण्डाबिनै नेपाल आएकी स्वराजको रणनीति भने फरक देखिन्छ । नयाँ सरकार गठन र एमाले माओवादीबीच पार्टी एकताको प्रक्रियामा रहेकै बेला स्वराज नेपाल आउनुलाई सबैले चासोका साथ रहेका छन् ।
काठमाडौं पुगेकी स्वराजले समेत आफ्नो कुनै मुख्य एजेण्डा नभएको बताएकी छन् । यदी कुनै एजेण्डा वा विना काम नेपाल आउन के बाख्रा चराउन आएकी हुन् ? पक्कै पनि होईनन्, उनी यतिबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूत बनेर नेपाल आएकी हुन् । एक जना परराष्ट्रविद्का अनुसार नेपाल भ्रमणमा रहँदा स्वराजले मोदीको सेटिङ अनुसार काम गर्नेछिन् ।
उनले काठमाडौं झरेलगत्तै राजनीतिक भेटघाटलाई तीब्रता दिएकी छन् । एउटा रोचक कुरा के भने, सबैभन्दा पहिला एमाले अध्यक्ष केपी ओलीलाई भेट्नु पनि रहेको छ । एउटा देशको अधिकारीले अर्को देशको अधिकारीलाई नभेटेर कुनै पार्टीको अध्यक्षलाई पहिलो प्राथमिकता दिनु पनि ‘दालमा कुछ काला हैं’ जस्तो छ ।
एमाले अध्यक्ष केपी ओलीसँग बिग्रिएको सम्बन्ध सुधार गर्न भारतीय प्रधानमन्त्री मोदीको दूत बनेर स्वराज नेपाल आएको हुनसक्ने अनुमान गरिएको छट । तर, कांग्रेस, एमाले, माओवादी र मधेसवादी दलले भने भ्रमणलाई फरक रुपले हेरेका छन् ।
विशेषगरी स्वराजको भ्रमणबाट एमाले त्रसित बनेको एमाले नेताहरुको भनाई छ । एक नेताले भने, ‘हामी स्वराजको भ्रमणप्रति शसंकित बनेका छौं । कुनै एजेण्डा छैन्, कुनै योजना छैन्, त्यत्तिकै भ्रमणमा आएका छन् । यसले गर्दा कतै बन्नै लागेको वामपन्थी सरकार र वाम एकता भाँड्न त होईन् ।’
भारतीय दूतावासले पनि यस सम्बन्धमा यसअघि नै पहल गरिसकेको छ की वाम गठबन्धन फुटाउने र कांग्रेसलाई सरकारको नेतृत्व गर्न दिने । कांग्रेसका एक नेताले भने, ‘सके कांग्रेस, माओवादी र मधेसवादी दलको सरकार बनाउने स्वराज भ्रमणको मुख्य उद्धेश्य हुनसक्छ, नसके ओलीजीसँग सम्बन्ध सुधार गर्ने रणनीति होला ।’
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












