क्यूबाका पूर्वराष्ट्रपति क्यास्ट्रोका छोराले किन गरे आत्महत्या ?
एजेन्सी, १९ माघ । क्यूबाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोका छोराले आत्महत्या गरेका छन् । ६८ वर्षीय छोरा क्यास्ट्रो डियाज बलार्टले हवानामा आत्महत्या गरेको क्युबाको स्थानीय संचारमाध्यमले जनाएका छन् । लामो समयदेखि डिप्रेसनको शिकार बनेका डियाज बलार्टको बिहीबार बिहान शव फेला परेको बीबीसीले जनाएको छ ।
‘फिडेलिटो’ को नामले चर्चित डियाज पूर्व राष्ट्रपतिका जेठा छोरा हुन् । उनले आफ्नो पढाइ सोभियत युनियनमा पूरा गरेका थिए र एक रुसी महिलासँग उनको विवाह भएको थियो । यसअघि २००८ सम्म उनले क्युबाका आणविक कार्यक्रमको नेतृत्व गरेका थिए । तर २००८ मा पूर्वराष्ट्रपति फिडेलको सरकार अन्त्य भएपछि भने उनले राष्ट्रिय परिषदमा वैज्ञानिक सल्लाहकारको काम गर्न थालेका थिए ।
पछिल्लो केही महिनामा भने उनी गम्भीर मानसिक तनावले ग्रस्त भएका कारण उपचारका क्रममा रहेको क्युबाको आधिकारिक पत्रिकाले उल्लेख गरेको बीबीसीले जनाएको छ । स्थानीय टेलिभिजनले खबर गरेअनुसार उपचारकै लागि उनी लगातार अस्पताल गइरहन्थे ।
उनको व्यवसायिक प्रोफाइलमा उल्लेख गरिएअनुसार उनले आफ्ना किताबहरुमार्फत देशलाई थुप्रैपटक अन्तर्राष्ट्रिय समारोहमा प्रतिनिधित्व गराइसकेका छन् । मृत्युअघि २०१५ मा उनी एक भव्य पार्टीमा पेरिस हिल्टनका साथ देखा परेको बताइएको छ ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











