मुख्यमन्त्रीको सुरक्षामा बिशेष कमाण्डो, ५३ सय प्रहरी प्रदेश सुरक्षामा खटिने
काठमाडौं, १९ माघ । सरकारले विशिष्ठ सुरक्षा मापदण्ड ल्याउने तयारी गरेको छ । प्रदेश प्रमुख र मुख्यमन्त्री समेतको सुरक्षालाई ध्यान दिएर सरकारले नयाँ सुरक्षा मापदण्ड बनाउन लागेको हो । प्रदेश प्रमुखका रुपमा रहने मुख्यमन्त्रीको सुरक्षाका लागि सरकारले बिशेष सुरक्षा फौजको ब्यवस्था सहित नयाँ मापदण्ड ल्याउने तयारी थालेको हो ।
सरकारले गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद शर्मा दुवाडीको संयोजक्तवमा सेनाको समेत प्रतिनिधित्व हुनेगरी बनाएको कार्यदलले सरकारलाई प्रतिवेदन बुझाएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सम्बन्धित अधिकारी सम्मिलित कार्यदलले विशिष्ठ सुरक्षा मापदण्ड २०७४ तयार पारेको थियो।
गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख समेत रहेका प्रवक्ता दुवाडीले कार्यदलले संविधानले गरेको संघीय ब्यवस्था अनुसार प्रदेश र केन्द्रमा रहने विशिष्ठको सुरक्षा मापदण्ड बनेको बताए। ‘हाल रहेको विशिष्ठ सुरक्षा मापदण्ड २०७० लाई परिमार्जन गर्दै नयाँ मापदण्ड तयार भएको हो’ सहसचिव दुवाडीले भने, ‘हामीले प्रतिवेदन सरकारलाई बुझाएका छौं, केही दिनमै मन्त्रीपरिषदबाट स्वीकृत होला, के कस्तो ब्यवस्था भन्ने त्यतिबेला सार्वजनिक हुनेछ।’
गृहस्रोतका अनुसार प्रदेश सभा, मुख्यमन्त्रीको व्यक्तिगत तथा निवास, प्रदेश सभामुख तथा प्रदेश प्रमुख समेत विशिष्ठ व्यक्तिको सुरक्षा प्रवन्धका लागि सेना, सशस्त्र र नेपाल प्रहरीको भुमिकाका बिषय समेत सुरक्षा मापदण्डमा समेटने प्रयास गरिएको छ। केन्द्रमा मन्त्री तथा सभामुखको सुरक्षामा सेना र सशस्त्र प्रहरी खटिएकै ब्यवस्था अनुसार प्रदेशको सुरक्षा प्रवन्ध मिलाउने वा फरक गर्ने बिषय समेत सुरक्षा मापदण्ड बनाउँदा छलफल भएको थियो।
नेपाल प्रहरीले प्रदेश सभा, प्रदेश प्रमुख, मुख्यमन्त्री तथा सभामुखको व्यक्तिगत र निवासको सुरक्षा योजना सहितको गृहकार्य पुरा गरेको छ। प्रहरीले मुख्यमन्त्रीको सुरक्षाका लागि बिशेष तालिमप्राप्त सुरक्षा दस्ता तैनाथ रहने योजना सहितको प्रदेश सुरक्षा योजनाको आन्तरिक गृहकार्य पुरा गरेको हो।
प्रहरी प्रधान कार्यालयमा रहेको कार्य विभागले डिआईजी रमेश खरेलको नेतृत्वमा बनाएको आन्तरिक योजना अनुसार संघीय प्रदेशहरुमा रहने प्रादेशिक संसद र प्रदेश सभा सदस्य सहितको सुरक्षाका लागि सातै प्रदेशमा प्रदेश सुरक्षा गण स्थापनाको अवधारणा योजनामा समेटेको छ।
सातवटै प्रदेशमा प्रदेश सुरक्षा गण स्थापना गरेपनि संख्या भने फरक फरक हुनेछ। सामान्यतया एउटा गणमा आठसय सुरक्षाकर्मी रहने भएपनि प्रहरी योजनामा कुनै प्रदेशमा बढि र कुनैमा कम संख्या तय भएको डिआईजी खरेलले जानकारी दिए ।
प्रहरी अवधारणा अनुसार प्रदेशका मुख्यमन्त्री, सभामुख र विपक्षी दलका नेताको सुरक्षाका लागि बिशेष कार्यदलको स्वरुपमा तालिमप्राप्त सुरक्षाकर्मी खटिने छन्। प्रहरीले सुरक्षा गणका लागि बिशेष प्रकारको पोशाक, बन्दोबस्तीका सामाग्री र हातहतियारको ब्यवस्थाका लागि समेत गृहकार्यमा उल्लेख गरेको छ। सातवटै प्रदेशमा स्थापना हुने प्रदेश सुरक्षा गणका लागि प्रहरी उपरीक्षकको नेतृत्वमा करिब ५३ सयको संख्यामा प्रहरी अधिकारी तथा जवान खटिने डिआइजी खरेलले भने ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











