सुष्माले भाउँ नदिएपछि कमल थापाद्धारा बालुवाटारमा स्वराजको लञ्ज वहिस्कार
काठमाडौं, १९ माघ । कमल थापाले बालुवाटारमा सरकारले आयोजना गरेको लञ्च वहिस्कार गरेका छन् । राप्रपा अध्यक्ष तथा उपप्रधान तथा पूर्व परराष्ट्रमन्त्री समेत रहेका थापाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको स्वागतमा सरकारले आयोजना गरेको लञ्च वहिस्कार गरेका हुन् ।
विगतमा भारतीय अधिकारीहरुले थापालाई अलग्गै भेट्ने गरेका थिए । तर, विगतमा २४ सिट जितेर चौथो दल बनेको राप्रपा पछिल्लो निर्वाचनमा एक सिटमा खुम्चिएपछि यसपटक सुष्माले थापालाई अलग्गै भेटवार्ताको सूचीमा राखिनन् । आफुसँग भेट्ने कार्यसूची नबनाएपछि थापा वालुवाटार नगएर त्रिभुवन अअन्तर्राष्ट्रिय विमानस्थलमा गएर बसे ।
प्रधानमन्त्री शेरबहादुर देउवाले स्वराजलाई आफ्नै निवास बालुवाटारमा शुक्रबार भेट गरेका छन् । भेटका अवसरमा देउवाले भारतीय पाहुनालाई लञ्चसहित स्वागत गरेका थिए । तर, सरकारले दिएको दिवाभोजमा थापा भने अनउपस्थित भएका हुन् ।
उपप्रधानमन्त्री थापा चितवन, मकवानपुर र बारातिर घुम्न जाने भन्दै विमानस्थल पुगे पनि मौसमका कारण विमान उडेन र त्यहीँ बस्न बाध्य भए । उपप्रधानमन्त्री थापा हेटौंडाको पूर्वनिर्धारित कार्यक्रममा जानका लागि एयरपोर्ट पुगेका हुन् । तर, उडान ‘डिले’ हुँदासमेत उनी बालुवाटार फर्केनन् र सुष्मासँग भेट गरेनन् ।
भारतीय विदेश मन्त्रीलाई सरकारका तर्फबाट दिवाभोजले स्वागत गर्नु अस्वाभाविक भएको पूर्वपरराष्ट्रमन्त्री समेत रहेका राप्रपा अध्यक्ष थापाले आफ्ना निकटस्थहरुसँग बताएका छन् । छिमेकी देशले दूतका रुपमा पठाएको प्रतिनिधिलाई नेपालमा तामझामका साथ स्वागत सत्कार गरिनु अस्वाभाविक भएको भन्दै उपप्रधानमन्त्री थापा सुष्मासँग तर्किएर नभेटिकन हिँडेको स्रोतको दाबी छ ।
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












