सामुहिक बलात्कारमा परेको भनिएकी युवतीको खातामा २७ लाख भेटिएपछि प्रहरी नियन्त्रणमा
काठमाडौं, १९ माघ । दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा भएको सामूहिक बलात्कारको घटनाकी पीडित युवतीलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी सम्पर्कमै रहेकी पीडित युवतीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिएको हो ।
पीडित युवती प्रहरी सम्पर्कमा आए पनि बयान फेरेको र उनको बैंक खातामा शंकास्पद २७ लाख रकम देखिएको भन्दै उनलाई बिहीबारदेखि परिसरकै महिला ब्यारेकमा राखेको प्रहरी स्रोतले जनाएको छ । प्रेमी र उनका ३ साथीबाट बलात्कार गर्ने मुख्य अभियुक्तलाई प्रहरीले गत शनिबार भगाएको थियो। प्रहरीले घटनामा संलग्न दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएको दाबी गरेको छ। तर उनीहरु कहाँ छन् भन्ने खुलाइएको छैन्।
काठमाडौं प्रहरी प्रमुख एसएसपी रबिन्द्र धानुकले पीडित युवती प्रहरी नियन्त्रणमा रहेको पुष्टि गरे। उनले भने ‘अनुसन्धान भइरहेको छ, युवतीलाई परिसरमै राखेर अनुसन्धान भइरहेका छौं।’ पीडक युवाबारे भने उनले स्पष्ट बताउन सकेनन्। ‘युवाहरुलार्इ अपराध महाशाखाले पक्रेको होला’, उनले भने।
प्रेमी र उनका ३ साथीबाट बलात्कृत युवतीको सहयोगमा घटनाको तेस्रो दिन गत शनिबार महानगरीय प्रहरी वृत्त, महाराजगन्जले मुख्य आरोपीलाई पक्राउ गरेको थियो। महाराजगन्ज वृत्तमा राखिएका ती अभियुक्तलार्इ दरबारमार्ग वृत्तबाट खटिएका सई चन्द्र भण्डारी नेतृत्वको टोलीले शनिबार साँझ करिब ७ बजे जिम्मा लिएको थियो।
सोही रात पीडित युवतीको स्वास्थ्य परीक्षण गरिएको थियो। मेडिकल जाँचको अन्तिम रिपोर्ट नआउँदै महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरीले हिरासतमा रहेका युवाहरुलाई रिहा गरेपछि घटना रहस्यमय बनेको हो।
युवतीले सुरुवाती बयानमा आफूलाई आफ्ना प्रेमी शैलेश कार्की र उनका भाईसहित अन्य दुईजनाले सामुहिक बलात्कार गरेको मौखिक बयान प्रहरीमा दिएकी थिइन्। प्रहरीले उनकै बयानका आधारमा चारजना युवालाई पक्राउ गरेर पछि छोडेको हो। प्रहरीले पीडकहरुको नाम गोप्य राख्दै आएको छ। बलात्कार जस्तो जघन्य अपराधमा जाहेरी नआए पनि प्रहरीले आफैँ अनुसन्धान अघि बढाउन सक्छ।
‘क’ श्रेणीका ठेकेदार परिवारका व्यक्तिहरुले युवती बलात्कार गरेको स्रोतको भनाई छ । चारै युवाको परिवारले प्रहरी र पीडितलाई मिलाउन करिब ५० लाख रुपैयाँ खर्चेको चर्चा प्रहरी वृत्तमै चलेको छ। यो घटना सामसुम पार्न ठेकेदार परिवार अझै प्रहरीको माथिल्लो निकाय र राजनीतिक पहुँच भएका व्यक्ति मार्फत दौडधुपमा लागिरहेको स्रोतको दाबी छ।
पीडित युवतीको मेडिकल रिपोर्टमा बलात्कार भएको ‘प्रमाण’ देखिएनः
सामुहिक बलात्कारको शिकार भएको भनिएकी युवतीको मेडिकल रिपोर्ट आएको छ । रिपोर्टमा सामुहिक बलात्कार भएको ‘इभिडेन्स’ नभेटिएको उनको स्वास्थ्य परीक्षणमा संलग्न स्रोतले जनाएको छ ।
‘बलात्कृत भएको हो भन्ने इभिडेन्स केही फेला परेन । पीडित भनिएको युवतीको योनाङ्ग पहिल्यैदेखि सेक्सुअल्ली एक्टिभ भएको देखिन्छ । त्यसैले पनि इभिडेन्स फेला नपरेको हुन सक्छ ।’ ‘स्वास्थ्य परीक्षणका क्रममा दिएको बयानले भने बलात्कृत भएको हो कि जस्तो सङ्केत हुन्छ’, स्रोतले भन्यो ।
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...











