के ओलीका कारण भारत सुध्रिएकै हो त ? वार्तामा स्वराज भईन् एकदमै ‘पोलाईट’
काठमाडौं, २० माघ । दुई दिने नेपाल भ्रमण सकेर भारतीय विदेशमन्त्री सुष्मा स्वराज शुक्रबार स्वदेश फर्किईन् । एमाले अध्यक्ष केपी ओलीको निमन्त्रणामा नेपाल आएकी स्वराजले राष्ट्रपति, प्रधानमन्त्री, एमाले अध्यक्ष, माओवादी केन्द्रका अध्यक्ष, मधेशवादी दलका नेताहरुसँग भेटवार्ता गरिन् । नेपाल भ्रमणका क्रममा स्वराजले सबैभन्दा एमाले अध्यक्ष ओलीलाई महत्व दिएको बुझिन्छ ।
नेपालका‘ प्रतिक्षित’ प्रधानमन्त्रीका रुपमा हेरिएका ओलीसँग भएको पौने घण्टा लामो ‘वन–अन–वन’ वार्तामा स्वराजले ओलीको स्वास्थ्यबारे चाँसो राखेकी थिईन् । उनले मिर्गौला प्रत्यारोपण गरेका बिरामीहरूले लिनुपर्ने सावधानी, खानपान र औषधी आदिबारेमा जानकारी दिने र जिज्ञाशा राखेकी एक नेताले बताए ।
ओली र स्वराज दुवै मिर्गौला प्रत्यारोपण गरेका बिरामीसमेत भएकाले, त्यो स्वभाविक पनि थियो । स्वास्थ्य चर्चाको यो प्रसंग एमालेले दिएको रात्रिभोजमा पनि केहीबेर दोहोरियो । भोजमा सहभागी एक एमाले नेताका अनुसार भारतीय विदेशमन्त्रीको भाषा र भावभंगिमा हेर्दा भारत नयाँ तरिकाबाट नेपालसित सम्बन्ध सुधार्न तयार रहेको बुझ्न सकिन्थ्यो ।
भारतीय विदेशमन्त्री कसको निमन्त्रणमा नेपाल आउनुभएको हो ? भन्ने यो पंक्तिकारको जिज्ञासामा एक वरिष्ठ भारतीय अधिकारीले भने, ‘एक मित्र आफ्नो निकटतम मित्रको घरमा ड्रप बाइ गरेजस्तै हो यो भ्रमण । हामी दुई देशका नेता वा जनतालाई एकअर्काकोमा आउन–जान खास कारण हुनै पर्छ भन्ने छैन । सुष्माजीले भेटघाटको इच्छा व्यक्त गर्नुभयो, नेपाली मित्रहरूले स्वागत गर्नुभयो ।’
के भारत अब नेपालमा आफूले विगतमा गरेका गल्तीहरूको ‘कोर्स करेक्सन’ गर्ने निर्णयमा पुगेको हो त ? ती वरिष्ठ भारतीय अधिकारीले थपे, ‘तपाईं आफ्नो सुविधाका निम्ति चाहेको शब्दावली प्रयोग गर्न सक्नुहुन्छ । हामी नेपालमा अब नयाँ बन्ने सरकारसँग नयाँ तरिकाबाट सम्बन्धको विकास गर्न तयार र खुला छौं भन्ने सन्देश दिन चाहन्छौं ।’ घटनाक्रमसँग नजिकबाट जानकार एक एमाले सूत्रका अनुसार अध्यक्ष ओली र अन्य नेतागणसँग भारतीय विदेशमन्त्री स्वराजको खुला, स्पष्ट र हार्दिक कुराकानी भएको छ ।
ओलीको बटमलाईनबाट के भारत सुध्रिएकै हो ?
यो प्रश्नको उत्तर खोज्न एकदमै गाह्रो छ । भारत नेपालको एक नजिकको छिमेकी हो । उसले नेपालमाथि सकारात्मक भन्दा पनि नकारात्मक प्रवृति बढी देखाउँदै आएको छ । नेपालमाथि लगाएको नाकाबन्दी होस्, वा सत्ता परिवर्तनको खेल होस् यसमा भारतकै हात रहेको परराष्ट्रविद्हरुको भनाई छ ।
यस्तो प्रवृतिका कारण नेपालीहरु भारतप्रति रुष्ट बनिरहेका छन् । नेपाली लामो समय खेपेको भारतीय नाकाबन्दीपछि नेपाल चीनतर्फ लम्किन पुग्यो । हरेक कुरामा भारतको निर्भरतामा पर्दै आएको नेपालले चीन र तेस्रो देशको विकल्पका साथ अगाडी बढ्यो । यसको प्रमुख योजनाकार मानिए एमाले अध्यक्ष केपी ओली । जसले गर्दा भारतले ठूलो मुल्य चुकाउनुपर्ने देखियो ।
अन्ततः भारत आफ्नो पुरानो नीति परिवर्तन गर्दै नेपालसँग नयाँ सम्बन्ध स्थापित गर्न चाहेको छ । त्यसैको सुरुवात हो भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण । ओलीको ग्राण्ड डिजाईनपछि भारत सुध्रिने संकेत दिएको छ । यदी नसुध्रिएमा भारतले ठूलो मुल्य चुकाउनुपर्ने देखिन्छ ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











