के ओलीका कारण भारत सुध्रिएकै हो त ? वार्तामा स्वराज भईन् एकदमै ‘पोलाईट’
काठमाडौं, २० माघ । दुई दिने नेपाल भ्रमण सकेर भारतीय विदेशमन्त्री सुष्मा स्वराज शुक्रबार स्वदेश फर्किईन् । एमाले अध्यक्ष केपी ओलीको निमन्त्रणामा नेपाल आएकी स्वराजले राष्ट्रपति, प्रधानमन्त्री, एमाले अध्यक्ष, माओवादी केन्द्रका अध्यक्ष, मधेशवादी दलका नेताहरुसँग भेटवार्ता गरिन् । नेपाल भ्रमणका क्रममा स्वराजले सबैभन्दा एमाले अध्यक्ष ओलीलाई महत्व दिएको बुझिन्छ ।
नेपालका‘ प्रतिक्षित’ प्रधानमन्त्रीका रुपमा हेरिएका ओलीसँग भएको पौने घण्टा लामो ‘वन–अन–वन’ वार्तामा स्वराजले ओलीको स्वास्थ्यबारे चाँसो राखेकी थिईन् । उनले मिर्गौला प्रत्यारोपण गरेका बिरामीहरूले लिनुपर्ने सावधानी, खानपान र औषधी आदिबारेमा जानकारी दिने र जिज्ञाशा राखेकी एक नेताले बताए ।
ओली र स्वराज दुवै मिर्गौला प्रत्यारोपण गरेका बिरामीसमेत भएकाले, त्यो स्वभाविक पनि थियो । स्वास्थ्य चर्चाको यो प्रसंग एमालेले दिएको रात्रिभोजमा पनि केहीबेर दोहोरियो । भोजमा सहभागी एक एमाले नेताका अनुसार भारतीय विदेशमन्त्रीको भाषा र भावभंगिमा हेर्दा भारत नयाँ तरिकाबाट नेपालसित सम्बन्ध सुधार्न तयार रहेको बुझ्न सकिन्थ्यो ।
भारतीय विदेशमन्त्री कसको निमन्त्रणमा नेपाल आउनुभएको हो ? भन्ने यो पंक्तिकारको जिज्ञासामा एक वरिष्ठ भारतीय अधिकारीले भने, ‘एक मित्र आफ्नो निकटतम मित्रको घरमा ड्रप बाइ गरेजस्तै हो यो भ्रमण । हामी दुई देशका नेता वा जनतालाई एकअर्काकोमा आउन–जान खास कारण हुनै पर्छ भन्ने छैन । सुष्माजीले भेटघाटको इच्छा व्यक्त गर्नुभयो, नेपाली मित्रहरूले स्वागत गर्नुभयो ।’
के भारत अब नेपालमा आफूले विगतमा गरेका गल्तीहरूको ‘कोर्स करेक्सन’ गर्ने निर्णयमा पुगेको हो त ? ती वरिष्ठ भारतीय अधिकारीले थपे, ‘तपाईं आफ्नो सुविधाका निम्ति चाहेको शब्दावली प्रयोग गर्न सक्नुहुन्छ । हामी नेपालमा अब नयाँ बन्ने सरकारसँग नयाँ तरिकाबाट सम्बन्धको विकास गर्न तयार र खुला छौं भन्ने सन्देश दिन चाहन्छौं ।’ घटनाक्रमसँग नजिकबाट जानकार एक एमाले सूत्रका अनुसार अध्यक्ष ओली र अन्य नेतागणसँग भारतीय विदेशमन्त्री स्वराजको खुला, स्पष्ट र हार्दिक कुराकानी भएको छ ।
ओलीको बटमलाईनबाट के भारत सुध्रिएकै हो ?
यो प्रश्नको उत्तर खोज्न एकदमै गाह्रो छ । भारत नेपालको एक नजिकको छिमेकी हो । उसले नेपालमाथि सकारात्मक भन्दा पनि नकारात्मक प्रवृति बढी देखाउँदै आएको छ । नेपालमाथि लगाएको नाकाबन्दी होस्, वा सत्ता परिवर्तनको खेल होस् यसमा भारतकै हात रहेको परराष्ट्रविद्हरुको भनाई छ ।
यस्तो प्रवृतिका कारण नेपालीहरु भारतप्रति रुष्ट बनिरहेका छन् । नेपाली लामो समय खेपेको भारतीय नाकाबन्दीपछि नेपाल चीनतर्फ लम्किन पुग्यो । हरेक कुरामा भारतको निर्भरतामा पर्दै आएको नेपालले चीन र तेस्रो देशको विकल्पका साथ अगाडी बढ्यो । यसको प्रमुख योजनाकार मानिए एमाले अध्यक्ष केपी ओली । जसले गर्दा भारतले ठूलो मुल्य चुकाउनुपर्ने देखियो ।
अन्ततः भारत आफ्नो पुरानो नीति परिवर्तन गर्दै नेपालसँग नयाँ सम्बन्ध स्थापित गर्न चाहेको छ । त्यसैको सुरुवात हो भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण । ओलीको ग्राण्ड डिजाईनपछि भारत सुध्रिने संकेत दिएको छ । यदी नसुध्रिएमा भारतले ठूलो मुल्य चुकाउनुपर्ने देखिन्छ ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












