प्रदेश ७ को मुख्यमन्त्रीमा त्रिलोचन भट्ट सिफारिस भएपछि धामी र चौधरीको असहमति
धनगढी, २० माघ । प्रदेश ७ को मुख्यमन्त्रीमा डोटीका त्रिलोचन भट्ट सिफारिस भएपछि माओवादीभित्र विवाद सिर्जना भएको छ । प्रदेश ७ का माओवादी ईन्चार्ज लेखराज भट्टको निर्देशनमा डोटीबाट निर्वाचित त्रिलोचन भट्टलाई सिफारिस गरेपछि विवाद सिर्जना भएको छ ।मुख्यमन्त्रीका अर्का दावेदार दार्चुलाका मानबहादुर धामी र धनगढीका वीरभान चौधरीले असन्तुष्टि जनाएपछि माओवादीभित्र मुख्यमन्त्रीलाई लिएर विवाद सिर्जना भएको हो ।
एमालेसँगको भागबण्डाका क्रममा माओवादी केन्द्रको भागमा परेको प्रदेश नम्बर ७ को मुख्यमन्त्री पदमा भट्ट चोरबाटोवाट सिफारिस भएको भन्दै चौधरीले र धामीले असन्तुष्टि जनाएका छन् ।
प्रदेश नम्बर ७ का ईञ्चार्ज भट्टले त्रिलोचनलाई आफुखुसी सिफारिस गरेको भन्दै आफ्नो समर्थन धामीलाई रहेको बताएका छन् । उनले भने, प्रदेश पार्टीको लेटरप्याड नै ईञ्चार्जसँग हुन्छ, उहाँले पावरको दुरुपयोग गरि प्रदेश कमिटिको बैठक बीना नै भट्टको नाम सिफारिस गर्नुभयो । मेरो समर्थन त्रिलोचनको साटो धामीलाई हुन्छ । माओवादी केन्द्रका एक नेताले भने्, लेखराज जीले आफ्नो अधिकारको गलत प्रयोग गर्नुभयो त्यसैले हामीले यसको विरोध गरेका हौँ । हाम्रो साझा उम्मेदवार भनेका मानबहादुर धामी नै हुन् ।’
दार्चुला प्रदेशसभा ख बाट निर्वाचित सांसद् धामी माओवादी द्धन्द्धका बेला जनमुक्ति सेना कमाण्डर थिए । ‘शक्तिको दुरुपयोग गरेर मुख्यमन्त्रीको सिफारिस गर्ने काम भएपनि त्यो सिफारिस काम लाग्दैन, माओवादी केन्द्रका पोलिटब्युरो सदस्य समेत रहेका चौधरीले भने, ‘संसदीय दलमा धामीजी उठ्नुहुन्छ र जित्नुपनि हुन्छ ।’
प्रदेश कमिटीको निर्णय भन्दै शुक्रबार भट्टले डोटीबाट निर्वा्चित त्रिलोचन भट्टको नाम पार्टी हेर्डक्वार्टरमा पेश गरेका थिए । यसअघि कैलाली–३ ‘क’ बाट निर्वाचित चौधरीलाई मुख्यमन्त्री बनाउने चर्चा थियो । तर, शुक्रबार अकस्मात नेता भट्टले डोटीका त्रिलोचन भट्टको नाम १ नम्बरमा राखेर पार्टी हेडक्वार्टरमा सिफारिस गरेपछि अर्को पक्षले धामीलाई उठाउने निर्णय गरेको हो । अब माओवादीभित्र चुनावमार्फत नै मुख्यमन्त्रीको निर्णय हुने बताईएको छ ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











