अन्ततः सुष्मा स्वराजको मिसन सफलः एमाले-माओवादी पार्टी एकता तत्काललाई टर्यो
काठमाडौं, २१ माघ । दुई शीर्ष नेताहरुबीच सहमति जुट्न नसक्दा एमाले-माओवादीबीचको पार्टी एकता लम्बिो भएको छ । पार्टी एकतापछि बन्ने एकीकृत पार्टीको पद बाँडफाँडमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति जुट्न नसक्दा एकता प्रक्रिया लम्बिएको हो ।
अब नयाँ सरकार गठनभएपछि मात्रै पार्टी एकताको प्रक्रिया अगाडि बढ्नेछ । ‘राष्ट्रियसभाको निर्वाचन, प्रदेशसभाको सरकार गठनसँगै अब नयाँ सरकार गठनको गृहकार्यमा लाग्नुपर्ने भएकाले दुवै दलको ध्यान अब नयाँ सरकार गठनमा केन्द्रित हुन्छ।’ एमाले एक नेताले भने ।
निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा गरेका एमाले र माओवादीका बीचमा पटक–पटक छलफल र वार्ता भए पनि सहमतिको टुंगो लाग्न नसक्दा एकता प्रक्रिया लम्बिएको हो । माओवादी केन्द्रले नयाँ सरकार गठनअघि नै पार्टी एकता गर्नुपर्नेमा जोड दिँदै आएको छ भने एमाले सरकार गठन र पार्टी एकता प्रक्रिया एकसाथ अगाडि बढाउने नीतिमा रहेको छ।
सरकार गठनअघि नै पार्टी एकता गर्न माओवादीले दबाब दिए पनि एमालेले भने पर्ख र हेरको रणनीति लिएको छ। ओली र प्रचण्डका बीचमा नै पद बाँडफाँडमा कुरा मिल्न नसकेपछि एकताको प्रक्रिया अगाडि बढ्न सकेको छैन। राष्ट्रियसभाको सदस्य र प्रदेशसभाको मुख्यमन्त्री, सभामुखमा पद बाँडफाँड गर्नका लागि कार्यदल गठनमार्फत टुंगो लगाए पनि पार्टी एकताका लागि गठन गर्न भनिएको वैचारिक सैद्धान्तिक र संगठनात्मक दुईवटा कार्यदल गठन हुन सकेको छैन।
सहमति निर्माणका लागि ओली र प्रचण्डबीच पटक–पटक वान टु वान वार्ता भए पनि अध्यक्षकै विषयमा सहमति जुट्न नसकेको एमालेका एक नेताले बताए। उनले भने– ‘पार्टी एकता हतारमा गर्ने विषय होइन, पर्याप्त गृहकार्य गरेर मात्र काम गर्नुपर्छ, पद बाँडफाँडमा केही कठिनाइ छ, अध्यक्ष तहमा मिलेपछि तल समस्या धेरै समस्या छैन।’
सुष्माको नेपाल भ्रमणले झन समस्याः
भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणपछि दुई पार्टीको धारणा समेत परिवर्तन भएको छ । एमाले अध्यक्ष ओली स्वराज नेपाल भरमाबाट फर्किएसँगै पार्टी एकतालाई थाति राखेर सरकार गठन तत्काल गर्ने निर्णयमा पुगेका छन् । सुष्मालार्इ सोल्टीमा एक्लै भेटेका ओलीले आफ्नो गोप्य वार्ताका बारेमा अहिलेसम्म मुख खोलेका छैनन तर एकतालार्इ पर्ख र हेर भन्दै माओवादी केन्द्रलार्इ यहि अवस्थामा झुण्ड्याएर एक्लै ५ बर्ष प्रधानमन्त्री बन्ने दाउ अब ओलीको देखिएको छ ।
ओलीको यो निर्णयसँगै सुष्माको नेपाल भ्रमण सफल भएको राजनीतिक विश्लेषकहरुको बुझाई छ । सुष्माको गैरकुटनीतिक नेपाल भ्रमणको एमाले(माओवादी केन्द्रकै नेताकार्यकर्ताहरुले ब्यापक बिरोध गरेका छन् । माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम, रामकुमारी झाँक्री लगाएतका नेताहरू ओलीदेखि फायर बनेका छन् ।
यता माओवादी नेता नारायनकाजी श्रेष्ठ लगाएत प्रचण्डको सचिवालय पनि खुल्लमखुल्ला विरोधमा उत्रिएको छ । आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओलीले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटलाई लिएर एमाले कार्यकर्ताहरुले गम्भीर असन्तुष्टि जाहेर गरिरहेका छन् ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











