भ्रमणका नामका राज्यकोषमाथि ब्रह्म लुट, ६ महिनामा राष्ट्रपतिदेखि सचिव सम्मले सके १२ करोड ७५ लाख
काठमाडौं, २२ माघ । पछिल्लो ६ महिनामा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सचिव लगायतको विदेश भ्रमणमा राज्यकोषको १२ करोड ७५ लाख रुपैयाँ सकिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको युएई र प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको खर्च पनि यसैमा जोडिएको छ । प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा भएको खर्च यसमा जोडिएको छैन ।
नयाँ पत्रिकाका अनुसार मन्त्री, सचिव र अन्य कर्मचारीको रोजाइ अमेरिका र दक्षिण कोरिया देखिएको छ । त्यसपछि अस्ट्रेलिया, क्यानडा, स्विट्जरल्यान्ड, जर्मनी, अर्जेन्टिना, श्रीलंका, फिलिपिन्स लगायत देशमा मन्त्री र कर्मचारीहरू पुगेका छन् । एक सचिवका अनुसार विदेशमा मन्त्री र सचिव सहभागी हुन गएका कार्यक्रम मध्ये अधिकांश अधिकृत र उपसचिव तहका कर्मचारीले प्रतिनिधित्व गर्ने कार्यक्रम थिए । मन्त्रिपरिषद्बाटै प्रस्ताव स्वीकृत गराएर उनीहरू विदेश भ्रमणमा गएको देखिएको छ ।
मुख्य खर्चहरु यस्ताः
० राष्ट्रपति विद्यादेवी भण्डारीको युएई भ्रमण खर्चः ७७ लाख ८२ हजार
० प्रधानमन्त्री देउवा राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका भ्रमण खर्चः चार करोड ५५ लाख ४१ हजार ७५४
० सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेतको अर्जेन्टिना र दक्षिण कोरिया भ्रमण खर्चः १९ लाख ४९ हजार
० तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीशहरूको विदेश भ्रमण खर्चः १९ लाख ३४ हजार
३ महिनामा ११ सय भन्दा वढी सरकारी कर्मचारी विदेश:
नागरिक दैनिकका अनुसार पछिल्ला तीन महिनामा अध्ययन, अवलोकन, अनुभव साटासाट, सिकाइ, सांस्कृतिक अवलोकन, पर्यटन प्रवद्र्धन लगायतका शीर्षकमा १ हजार १२० जना सरकारी कर्मचारीले विदेश भ्रमण गरेका छन् । खासगरी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन आचारसंहिता लागू भएको अवधिमा यी भ्रमण भएका छन् ।
आन्तरिक स्रोतले नियमित खर्च पनि धान्न नसकी सरकार ऋणमा चलिरहेको अवस्थामा सरकारी कर्मचारी करोडौं रुपैयाँ खर्चेर विदेश सयरमा निस्केका हुन् । ‘कात्तिक १५ गते देखि माघ १५ गते सम्म तीन महिनाको अवधिमा कुल १ हजार १२० कर्मचारीले विदेश भ्रमण गरेको विवरण प्राप्त भएको छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उच्च स्रोतले भन्यो, ‘यो भ्रमणका लागि ७८ करोड भन्दा बढी रुपैयाँ खर्च भएको छ ।’
निर्वाचन आयोगले गत भदौ १४ गते देखि मंसिर २१ गते सम्म प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको आचारसंहिता लागू गरेको थियो । यस अवधिमा नेपालले सहभागिता जनाउनै पर्ने बाहेक अन्य कार्यक्रमको बाहानामा कर्मचारीलाई विदेश भ्रमण नगर्न आयोगले भनेको थियो तर यही अवधिमा सबैभन्दा बढी सरकारी कर्मचारी विदेश भ्रमणमा गएका छन् । ‘निर्वाचन आयोगको आचारसंहिताले पनि काम गरेको देखिएन । कर्मचारी अनावश्यक कार्यक्रममा सहभागी हुन सबैभन्दा बढी यही अवधिमा गएका छन्,’ स्रोतले भन्यो ।
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...











