तीनवटा श्रीमती हुँदा पनि बुद्धि आएन्, आफ्नै छोरीमाथि बलात्कार, ५ महिनाकी गर्भवती
तेह्रथुम, २२ माघ । तेह्रथुममा एक व्यक्तिले आफ्नै छोरी बलात्कार गरेको आरोप लागेको छ । लालीगुराँस नगरपालिका–३, मुसाङखेलमा एक व्यक्तिले १५ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा किटानी जाहेरी परेको छ ।
डर धम्की देखाउँदै पटक–पटक करणी गरेको भन्दै आमा–छोरीले वुबाविरुद्ध इलाका प्रहरी कार्यालय बसन्तपुरमा उजुरी दिएका छन् । गएको भदौदेखि पटक–पटक बलात्कार गरेको भन्दै बालिका र उनकी आमाले इलाका प्रहरी कार्यालय बसन्तपुरमा किटानी जाहेरी दिएको निमित्त प्रमुख कुलबहादर खड्काले जानकारी दिए ।
बलात्कारपछि १५ वर्षीया छोरी गर्भवती भएकी छिन् । छोरीको पेटमा ५ महिनाभन्दा बढी समयको गर्भ रहेको भन्दै बालिकाकी आमाले श्रीमानलाई कारवाहीको माग गर्दै किटानी जाहेरी दिएकी हुन् । गएको भदौ महिनादेखि आफूलाई वुबाले पटक–पटक बलात्कार गरेको बालिकाले बयान दिएकी छिन् । छोरी बलात्कार गर्ने वुबाका ३ वटी श्रीमती रहेको प्रहरीले जनाएको छ ।
बालिकाकी आमाले आफू घरमा नभएको बेलामा छोरीलाई डर त्रास देखाएर श्रीमानले पटक–पटक बलात्कार गरेको किटानी जाहेरीमा उल्लेख गरेको प्रहरीले जनाएको छ । श्रीमान् पूर्वी तराइमा अर्की श्रीमतीसँग बस्दै आएको जनाईएको छ । घरमा श्रीमानको आउजाउ बढेसँगै छोरीको महिनावारी रोकिएपछि शंका लागेर सोध्दा वुबाले पटक–पटक बलात्कार गरेको छोरीले बताएको आमाको भनाई छ । बलात्कार गर्ने बाबु भने घटना सार्वजनिक भएसँगै फरार भएका छन् ।
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...











