दरबारमार्ग ‘बलात्कार’ काण्डमा हेटौंडाका एक ठेकेदारका छोराको पनि संलग्नता
काठमाडौं, २२ माघ । दरबारमार्गको होटेल ल्याण्डमार्क बलात्कार काण्डमा हेटौंडाका एक ठेकेदारको छोराको समेत संलग्नता रहेको पाईएको छ । ल्याण्डमार्कमा माघ ७ गते भएको सामूहिक बलात्कारको घटना हेटौंका चर्चित ठेकेदार राम गौतमका छोरा विकाश गौतमसमेत संगल्नता रहेको खुलेको हो ।
ठेकेदार गौतमका छोरा समेतको संलग्नता देखिएपछि प्रहरीले आर्थिक लेनदेनमा मिलापत्र गराएको रहस्य खुलासा भएको हो । घटनामा विकासको संलग्नता रहेको भएपनि प्रहरीले भने उनको नाम गोप्य राख्दै आएको छ । निर्माण व्यवसायी गौतमले उक्त घटनामा छोराको समेत नाम मुछिएको स्वीकार गरेका छन् । तर त्यस विषयमा आफ्नो छोरासँग कुरा नभएको उनले बताए ।
‘विकाशको पनि संलग्नता रहेको प्रहरीले जानकारी दियो तर अहिले सम्म छोरासँग मेरो सम्पर्क भएको छैन्’ उनले भने । घटना घटेको दिन राति १ बजेसम्म आफ्नो छोरा (विकाश) साथीहरु शैलेशलगायतसँग हाटेल ल्याण्डमार्कमा रहेको गौतमले स्वीकारे । उक्त विषय आफूले छारोका अन्य साथीमार्फत थाहा पाएको बताए ।
छोराको नाम पनि जोडिएपछि २० लाख रुपैयाँ जुटाएः
बलात्कृत युवती पेमाकुमारीले प्रहरीमा उजुरी दिँदा विकाशको नाम समेत उल्लेख गरेकी थिइन् । तर प्रहरीले भने उजुरीमा कतै पनि उनको नाम उल्लेख गरेन । बलात्कारको घटनालाई गुपचुमै मिलाउन आर्थिक लेनदेन गर्न विकाशका बुवाले धेरै रकम जुटाएका हुन् । घटना दबाउन ३० लाख रुपैयाँको लेनदेन भएको प्रहरीको दाबी छ । विकाशका बुवाले २० लाख रुपैयाँ जुटाएको प्रहरी स्रोत दाबी गर्छ । जसका कारण उजुरीबाट विकाशको नाम हटाइएको प्रहरी स्रोत बताउँछ ।
नाम मुछियो तर पैसा दिएको छैन्ः
आफ्नो छोरा बलात्कारको मुद्दामा मुछिए पनि आफूले कसैलाई पैसा नदिएको निर्माण व्यवासी गौतमले दाबी गरे । गौतमले भने, ‘बलात्कारको घटनामा छोराको नाम मुछिएको सत्य हो । तर घटना मिलाउन मैले पैसा दिएको भन्ने कुरा सत्य हैन ।’
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











